इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा दयाहाङ राई

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ राईलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यसअघि नायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आवद्ध रहेका छन् ।
राइ इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।
यस अवसरमा कलाकार राइले भने, ‘इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु। विदेश गएर काम गर्दै आउनुभएका दाजुभाई–दिदीबहिनी संग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ ।’
यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले दयाहाङ्ग राइको नेपालमा मात्र नभएर युएई र सारा संसार भरि नै फ्यान पÞmलोइङ्ग एकदमै राम्रो रहेको बताए । जसलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आवद्ध गर्न पाउँदा खुसी लागेका बताए ।
इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि यो अभियान सुरू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म