मलेसियाका गृहमन्त्रीले नेपाल भ्रमण गर्ने
क्वालालम्पुर । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले नेपालको भ्रमण गर्ने भएका छन् । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँगको भेटमा गृहमन्त्री इस्माइलले सोबारे जानकारी दिएका हुन् ।
इस्माइलले निकट भविष्यमा उनको नेतृत्व हुने उच्चस्तरीय नेपाल भ्रमणबारे जानकारी दिएका थिए । भ्रमणका क्रममा मलेसियाको 'फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान' बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरूसँग छलफल गर्ने बताइएको छ ।
पौडेलले गृहमन्त्रीसँग मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेका छन् ।
सो अवसरमा उनीहरुबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा सङ्ख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे बिचार विमर्श भएको थियो । नेपाली श्रमिकहरू शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो ।
उनीहरुबीच दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा