भाडगाउँको दिलौरी चौरमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका ६ भाडगाउँको दिलौरी चौरमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ। गाउँपालिकाको प्रयासले सीटीईभीटीले स्वीकृति दिएपछि दिलौरीचौरमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्वारा सिंजाको ६ मा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत दिइएको छ ।
गाउँपालिकाले समन्वय गर्ने र भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चिता सरकारले गर्ने गरी आंगिक शिक्षालयकै रुपमा सिंजाको भाडगाउँको दिलौरीचौरमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत भइ आएको सिंजा ६ वडा अध्यक्ष लालबहादुर बुढाले जनाए।
उनका अनुसार भाडगाउँको दिलौरी चौरमा प्राविधिक शिक्षालय स्थापना हुने छ । त्यसका लागि भाडगाउँका स्थानीयले झण्डै १ लाख वर्गमिटर जग्गा निशुल्क उपलब्ध गराउने छन्। शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविकि शिक्षा आर्जन गर्न सहज हुनेछ।
गाउँपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना प्रक्रिया पुरा गर्नदेखि स्वीकृति ल्याउँदा सम्म ठूलो संघर्ष गर्नु परेको उनले बताए। उनले भने ५÷६ महिना अगाडिदेखि पहल थालिएको थियो । सरकारी लगानीमै संचालन हुने गरी सिटिईभीटिले सिंजामा बहुप्राविधिक शिक्षालय खोल्न स्वीकृति दिएको हो ।
यो सिंजा क्षेत्रका नागरिकका लागि खुसीको कुरा हो। सिंजा ६ का अगुवा युवा चक्रबहादुर रावतले बताए ।गाउँमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालय स्थापना हुने भएपछि सिंजा क्षेत्रका नागरिक हर्षित छन् । स्वीकृतिसँगै शिक्षालय स्थापनाको प्रक्रिया अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?