संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि ‘गार्डरेल’ स्थापना गर्न आग्रह गरेका छन् । ‘अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ,’ संयुक्त राष्ट्रसंघका प्रमुखले भनेका छन् । उनले यस किसिमको गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वान गरेका छन् ।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रमुखले सो धारणा राखेका हुन् । राष्ट्रसंघ प्रमुखले भने, ‘मानिसहरू यस्तो संसारमा बाँचिरहेका छन् । जहाँ आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको छ । जनवादी डेमोगोगहरूले सङ्कटलाई भोट जित्न प्रयोग गरिरहेका छन् । गलत सूचना षड्यन्त्र, सिद्धान्तहरू, घृणायुक्त भाषणहरू त्यसका निम्ति व्याप्त बनेको छ ।’
महासचिवले सामाजिक मिडिया प्लेटफर्महरू र तिनीहरूका विज्ञापनदाताहरू अतिवादलाई मूलधारमा लैजानमा संलग्न रहेको र इन्टरनेटका धेरै भागहरूलाई घृणा र झुट विवरणका लागि विषाक्त फोहोर डम्पूमा परिणत गरिएको उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान