नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी
शनिबार, १४ माघ २०७९, १७ : ३९

बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले रोल्पाको जिम्मेवार दिएका हुन् ।
आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी बनाउने र निर्धारित समयमा नै संघको अधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ जिसीलाई जिम्मेवारी दिइएको छ । २०५५ सालमा जन्मिएका जीसीले २०७१ बाट नेविसंघमा आबद्ध हुँदै विभिन्न मावि तथा क्याम्पसको नेतृत्व गर्दै विद्यार्थी राजनीतिमा प्रवेश गरेका जिसीले नेविसंघ रोल्पाको नेतृत्व पाएका हुन् ।जिसीलाई तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ । उनले केन्द्रले दिएको जिम्मेवारी पुरा गर्ने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना