समाचार
राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्छ– सरकारी वेबसाइटमा विदेशबाट धेरै ‘ट्राफिक’ आयो
शनिबार, १४ माघ २०७९, १५ : ४५
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक ह्वात्तै ट्राफिक आउँदा सरकारी कार्यालयका समस्या आएको जानकारी दिएको छ । केन्द्रका प्रवक्ता रमेश पोखरेलल नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै सरकारी कार्यलयका वेबसाइटमा समस्या आएको बताएका हुन् । विज्ञहरुले यसलाई ‘डीडीओएस अट्याकको आशंका व्यक्त गरेका छन् ।
उनले डेढ घन्टायता सबै सरकारी कार्यलयका जीओभी डटएनपी वेबसाइट डाउन भइरहेको र यसलाई अबको केही समयभित्रै रिकभर गरिने बताए । उनले भने, ‘रिकभर गर्ने प्रयास भइरहेको छ । अबको ३० मिनेटभित्र सबै वेबसाइट खुल्छन् र चल्छन् ।’ यद्यपी, सरकारी वेबसाइट ह्याक भने नभएको पोखरलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन
-
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा