आईसीसीको पहिलो प्रतियोगिता जहाँ सबै महिला अम्पायर

एजेन्सी । दक्षिण अफ्रिकामा हुने महिला टी–ट्वान्टी विश्वकपमा सबै महिला अम्पायर हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पहिलो पटक पहिलो पटक कुनै प्रतियोगितामा पूर्ण तया महिला अम्पायर राखेको हो । प्रतियोगितामा १३ अफिसियलमा १० अम्पायर र तीन म्याच रेफ्रीहरू छन्, जसमा इङ्लिस अम्पायर सु रेडफर्न र अन्ना ह्यारिस छन् ।
आईसीसीका महाप्रबन्धक वासिम खानले महिला सहभागितालाई उच्च प्रथामिकता दिन यस्तो प्रयास गरेको बताए । ‘हामीले धेरै महिलाहरूलाई उच्च तहमा काम गर्ने अवसर प्रदान गर्न मार्गहरू निर्माण गरिरहेका छौं,’ खानले भने । प्रतियोगिता १० फेब्रुअरीमा सुरु हुनेछ । दक्षिण अफ्रिकाले प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्नेछ । ११ फेब्रुअरीमा इङ्ल्यान्डले वेस्ट इन्डिजसँग खेल्नेछ सोही दिन साविकको विजेता अष्ट्रेलियाले न्युजिल्यान्डसँग खेल्नेछ ।
अफिसियलहरुमा २४ वर्षीय ह्यारिसले आईसीसीमा सबैभन्दा कान्छो अफिसियलको रुपमा डेब्यू गर्नेछन् । आईसीसी महिला टी–ट्वान्टी विश्वकप २०२३ मा खेल अफिसियलहरु :
म्याच रेफ्री : जीएस लक्ष्मी (भारत), शान्ड्रे फ्रिट्ज (दक्षिण अफ्रिका), मिशेल परेरा (श्रीलंका)
अम्पायर : सु रेडफर्न (इंग्ल्यान्ड), एलोइस शेरिडेन (अष्ट्रेलिया), क्लेयर पोलोसाक (अष्ट्रेलिया), ज्याकलिन विलियम्स (वेस्ट इन्डिज), किम कटन (न्युजिल्यान्ड), लरेन एजेनबाग (दक्षिण अफ्रिका), अन्ना ह्यारिस (इंग्ल्याण्ड), वृन्दा राठी (अष्ट्रेलिया)। भारत), एन जननी (भारत), निमाली परेरा (श्रीलंका)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेम र संगीताको ‘धेरै नरिसाउँ’ गीतमा पुष्प र सनिशाको अभिनय
-
गुणस्तरीय पानी वितरणका लागि अब क्लोरिनेसन अनिवार्य
-
उत्तर कोरियाले रुसमा पठायो थप सेना
-
काठमाडौँको वडाबाट निर्वाचित २९५ पदाधिकारी र सदस्यहरूलाई एकैसाथ शपथ गराउँदै रास्वपा
-
कानुन धेरै भएर देशको विकास हुन सकेन : गगन थापा
-
‘सहिदलाई मुर्दावाद भन्नेहरू नेपालको इतिहासका मुर्दाहरू हुन्’