सुजुकीले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो कार निर्माता सुजुकी मोटर कर्पोरेशनले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने घोषणा गरेको छ । एएनआईका अनुसार २०३० को विकास रणनीति घोषणा गर्दा कम्पनीले एसियाकै सबैभन्दा ठूलो डेरी कम्पनी नेशनल डेयरी डेभलपमेन्ट बोर्ड (एनडीडीबी) सँग सम्झौता गरेको बताएको छ ।
कम्पनीले जापानमा गाईको गोबरबाट उत्पादित बायोग्यासबाट बिजुली उत्पादन गर्ने फुजिसान असागिरि बायोमासमा लगानी गरेको जनाएको छ । कम्पनीले भन्यो, ‘भारतीय बजार २०३० तिर अघि बढ्दै जाँदा कूल कार्बोनडायोअक्साइड उत्सर्जनमा भएको वृद्धिलाई रोक्न गाह्रो छ। हामी कार बिक्री बढाउन र कार्बोनडायोअक्साइड उत्सर्जन घटाउने बीच सन्तुलन कायम गर्ने प्रयास गर्नेछौँ।’ सुजुकीको सीएनजी मोडलमा गाईको गोबरको बायोग्यास प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । सीएनजी कार बजारमा सुजुकीको हिस्सा करिब ७० प्रतिशत छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु