हरिशचन्द राजाको कथा
एकादेशमा हरिशचन्द नामक् राजा थिए । उनी प्रत्येक दिन सवा सय मन दान गर्थे । विश्वमिन्तुर (विष्णु) भगवान्ले राजालाई कजाउन खोज्थे तर राजा भने दिनकै निकै दान गर्थे ।
एकदिन विश्वमिन्तुरले राजाको परीक्षा लिने अठोट गरे । उनी सुँगुरको भेष धारण गरेर राजाको खेतमा गए । उनले एउटा दौनाको रुख मात्र बचाएर राजाको बाँकी खेतबारी सबै सखाप गरिदिए । उनी त्यही दौना रुख तल घर बनाएर बसे ।
उता राजा आफ्नो नोकर्नीलाई त्यही खेतमा फूल टिप्न पठाए । खेतमा पुग्दा त नोकर्नीले सबै लथालिङ्ग भएको देख्छे । हेर्दै जाँदा त्यहाँ एउटा सुँगुर सुतिराखेको हुन्छ । ऊ हेरेर डराउँछे र छिटो छिटो भागेर महलमा पुग्छे । ऊ सबै कुरा विस्तारमा राजालाई सुनाउँछे । त्यो कुराले राजा रिसाउँछन् र आफ्नो बन्दुक लिएर खेततिर दौडिन्छन् ।
राजालाई देखेर सुँगुर दौडिन्छ । राजा भने पछाडि पछाडि लखेट्छन् । जाँदा जाँदै जङ्गल किनार पुगेर सुँगुर वामनको भेष धारण गर्छ । उनलाई राजा देखेर रोकिन्छन् ।
तिनीसँग सोध्छन्, ‘यो जङ्गलमा के गर्दै हुनुहुन्छ बाबाजी ?’
उनको कुरा सुनेर वामनले भन्छ, ‘मेरी एउटी छोरी छे । ऊ विवाह गर्ने उमेरकी भैसकेकी छ तर मसँग केही छैन । कसरी उसको बिहे गरुँ ? यसर्थ जङ्गलमा आएँ । तपाईं यति ठूलो दानी हुनुहुन्छ भने मलाई दक्षिणा दिनुस्, ताकि म आफ्नो छोरीको बिहे गर्न सकूँ ।’
त्यो हात पर्ने वित्तिकै वामनले भने, ‘जसको लगाम उसको घोडा तपाईं झर्नुहोस् राजा साहब । अबदेखि यो घोडा मेरो भयो ।’
यो कुरा सुनेर राजा भन्छन्, ‘यो जङ्गलमा म तपाईंलाई के दिऊँ । मेरो महलमा हिँड्नुस् । जो माग्नु हुन्छ, त्यही दान गरुँला ।’
त्यसपछि वामन भन्छन्, ‘नाइँ मलाई जे चाहियो, यही दिनुपर्छ ।’ यसरी
उनले राजाको परीक्षा लिन थाले ।
यस्तै गर्दा गर्दै अन्तमा हार मानेर राजा भन्छन्, ‘ल बताउनुहोस्, तपाईंलाई के चाहियो ?’
वामन खुसी हुँदै भन्छ, ‘मलाई अरु केही चाहिँदैन, तपाईंले लिएको महलको चाबी अनि यो घोडाको लगाम चाहियो ।’
राजा एक पल पनि नसोची आफ्नो महलको चाबी र आफ्नो घोडाको लगाम वामनलाई दिन्छन् ।
त्यो हात पर्ने वित्तिकै वामनले भने, ‘जसको लगाम उसको घोडा तपाईं झर्नुहोस् राजा साहब । अबदेखि यो घोडा मेरो भयो ।’
यो कुरा सुनेर राजा घोडाबाट झर्छन् । वामन भने घोडा चढेर घरतिर आउँछ । राजा भने पछाडि पछाडि पैदलै आउन थाल्छन् । कहिल्यै न हिँडेका राजा हिँड्दा हिँड्दा उनको पैतालामा घाउसमेत हुन्छ ।
लखतरान जब राजा आफ्नो महल पुग्छन् । त्यहाँ घोडामा चढेको वामन भन्छ, ‘हेर्नुस् राजा साहेब, जसको चाबी उसको महल, आजबाट यो महल पनि मेरो भयो । तपाईं आफ्नो बालबच्चा श्रीमती र आफ्नो सरसामान लिएर यहाँबाट निस्कनुस् त । म आफ्नो घरमा बस्न दिन्न ।’
यो कुरा सुनेर राजा केही न बोली आफ्नो सरसामान निकाल्न थाल्छन् । यो देखेर नगरवासीहरू धेरै दुःखी हुन्छन् । उनीहरूले वामनलाई भन्न थाल्छन् कि ‘हामी गर्छौँ सवा सय मन दान तर हाम्रो राजालाई महलबाट न निकाल्नुस् ।’
उनीहरूको कुरा सुनेर वामन गर्जिन्छ, ‘तिमीहरू कसरी दान दिन्छौ । तिमीहरू सबै मेरा हौ । अब राजाको हिस्सामा के रह्यो र ? यो सबै गाउँवस्ती त मेरो भयो ।’
यो कुरा सुनेर गाउँबस्ती सब चुपचाप लाग्छन्, केही बोल्न सक्दैनन् । राजा आफ्नी रानी तारावती र छोरा रोहितलाई लिएर घरबाट निस्कन्छन् । उनीहरू काशी जाने निधो गर्छन् ।
काशी जाने बाटोमा भगवान् विश्वमिन्तुर एउटा आइमाईको भेष धारण गरेर बस्छन् । जसै राजा नजिक पुग्छन्, ऊ भन्न थाल्छे कि, ‘राजा साहेव एकछिन विश्राम गरेर जानुस् । केही न खाए पनि पानी त पिएर जानुस् ।’
यो अनुरोध सुनेर राजाले भने, ‘नाइँ जबसम्म म सवा सय मन दान गर्दिन तबसम्म म पानी पनि पिउँदिन ।’ यति भन्दै राजा आफ्नो बाटो लाग्छन् ।
पछाडि हिँड्दै गरेकी रानी तारावतीलाई पनि त्यही अनुरोध हुन् कि, ‘रानी साहिबा पानी पिएर जानुस् । राजा त पिएर गए ।’ यो कुरा सुनेर रानी भन्छिन्, ‘म पिउँदिन, जबसम्म हामी दान गर्दैनौँ ।’ यति भन्दै रानी पनि सरासर लाग्छिन् ।
त्यसपछि छोरा रोहित आउँछ । उनलाई पनि आइमाईको भेषमा विष्णु भगवान्ले अनुरोध गर्छन् कि, ‘ए भाइ, पानी पिएर जाऊ । तिम्रा आमा बुबा पानी पिएर गएका छन् ।’
उता छोरा रोहितले पनि भन्छ, ‘नाइँ दान नगरी म पानी पिउँदिन ।’ यति भन्दै ऊ पनि फटाफट आफ्नो बाटो लाग्छ ।
हिँड्दा हिँड्दै तिनै जना काशी पुग्छन् । काशीमा एक कल्लु भंगी हुन्छ । उसले आर्यघाटमा काजकिरिया गरेबापत पैसा उठाउने काम गर्छ । काम खोज्ने क्रममा राजा कल्लु भंगीको घरमा पुग्छन् । त्यहाँ उनले काम पाउँछन् । त्यस दिनदेखि तिनकै नोकर बनेर राजा हरिशचन्द्र काम गर्न थाल्छन् ।
रानीको केही जोड नचलेपछि उनी आफ्नो धोती च्यातेर धरौटी राख्न तयार हुन्छिन् । यत्तिकैमा विश्वमिन्तुर साधुको भेषमा आइपुग्छन् । अनि भन्छन्, ‘त्यो मन्दिरमा लग, तेरो बच्चा ठिक हुन्छ ।’
उनले आर्यघाटमा काजकिरिया गराउने मान्छेबाट कर उठाउन थाल्छन् र त्यहाँबाट उठेको पैसा कल्लुलाई लगेर दिन्छन् । उता रानी तारावती त्यहीको एक मन्दिरमा पूजारीको नोकरी पाउँछिन् । ऊ मन्दिरमा पूजापाठ गराउँछिन् । रोहित भने मन्दिर र आर्यघाटमा चढाउनको लागि फूल टिप्दै बेच्ने काम गर्न थाल्छ । यसरी तिनै जना आफ्नो गुजारा गर्न थाल्छन् ।
एक दिन रोहित फूल टिप्दै थिए । त्यहाँ विष्णुले सर्पको रुप धारण गरे । फूल टिप्ने क्रममा रोहितलाई सर्पले डस्छ । रोहित त्यही ठहरै हुन्छ । रानी रुँदै रोहितको अन्तिम किरिया गर्न घाटमा लग्छिन् । त्यहाँ राजा पनि आइपुग्छन् ।
राजाले भने, ‘मेरो करको टका दे’ अर्थात् काजकिरिया गरेबापतको पैसा माग्न थाल्छन् ।
यो कुरा सुनेर रानी आँसु पुँछ्दै भन्छिन् कि, ‘यो त हाम्रो आफ्नै बच्चा हो । तै पनि पैसा माग्दै हुनुहुन्छ । म पैसा कहाँ पाउँ, जो हजुरलाई दिउँला ।’
अनि राजा भन्छन्, ‘नाइँ यो मेरो काम हो । पहिले करको पैसा बुझाऊ अनि मात्र काजकिरिया गर्न पाउँछौ, नभए पाउँदिनौ ।’
यस्तै गर्दा गर्दै अबेर हुन जान्छ । रानीको केही जोड नचलेपछि उनी आफ्नो धोती च्यातेर धरौटी राख्न तयार हुन्छिन् । यत्तिकैमा विश्वमिन्तुर साधुको भेषमा आइपुग्छन् । अनि भन्छन्, ‘त्यो मन्दिरमा लग, तेरो बच्चा ठिक हुन्छ ।’
उनको कुरा सुनेर रानी आफ्नो बच्चालाई बचाउन घाटबाट मन्दिरमा ल्याउँछिन् । रानी छोरालाई त्यहाँ काखमा लिएर बस्छिन् ।
उता साधुको भेषमा विष्णु भगवान् कल्लु भंगीको घर पनि पुग्छन् । त्यहाँ गएर भन्छन् कि, ‘मन्दिरमा बोक्सी आइमाई आफ्नो बच्चा खाँदैछे, गएर हेर्नुस् ।’
कल्लु छिटो छिटो आफ्नो नोकर हरिशचन्दलाई बोलाउँछ । उसले हरिशचन्दलाई, ‘मन्दिरमा एउटा आइमाई आफ्नो बच्चा खाँदैछे । त्यहाँ हेर्न जा’ भनी पठाउँछ ।
हरिशचन्द्र छिटो छिटो कुद्छ । अनि गएर आफ्नी श्रीमतीको कपाल समात्छ र मार्नलाई तरवार उठाउँछ ।
त्यतिकैमा विष्णु भगवान प्रकट हुन्छन् र भन्छन् कि, ‘तिम्रो यो दशा मैले गरेको हुँ । मैले तिम्रो सहनशीलताको परीक्षा लिएँ । म तिमीबाट एकदमै खुसी छु । माँग तिमीलाई के चाहियो ? भन, जे माँग्छौ, त्यही दिन्छु ।’
त्यसपछि राजाले हात जोड्दै भन्छन्, ‘अरु त केही चाहिएन । बस्, हामी तिनैजना वैकुण्ठ पुग्ने इच्छा छ ।’
विष्णु भगवान्ले राजाको इच्छा पुरा हुने आशीष दिए । रोहित पनि तुरुन्त जीवित भए । यता राजा आफ्नो गुमाएको सारा सरसम्पत्ति फिर्ता पाए । उनी पुरा जीवन आफ्नो परिवारसँग खुसी खुसी बिताए । अन्तमा तिनैजना वैकुण्ठ गए ।
स्रोत व्यक्तिः दोरिका राना थारु (धनगढी उपमहानगरपासलका– ७, देहोरिया, कैलाली
(यो कथा ‘सोरठ’ लोककथा सं्रगहमा संकलित कथा हो । यो पुस्तक २०७९ माघ २० गते बाँके, फत्तेपुरमा हुन गैरहेको सातौं थारू राष्ट्रिय साहित्य सम्मेलनमा विमोचन हुँदैछ ।)