दुई लघुकथा

राष्ट्रिय ढुकुटी
“अंकल यसलाई कति पर्छ ?” मेलामा मेरो आठ वर्षको छोरोले पसलेसँग सोध्यो ।
“यसको चार सय पचास पर्छ बाबु ।” मेलाको ब्यापारीले भन्यो ।
“बाबा हजुरसँग चार सय पचास रुपैयाँ छ ?” छोराले मसँग सोध्यो ।
“छ बाबु । के किन्छौ ?” मैले सोधेँ ।
उसले खेलौना कार देखायो । एउटा खेलौना कार किन्न बाबाको पकेटमा पैसा छ कि छैन भनेर सोच्ने गर्छ मेरो छोरा ।
तर साँच्चिकैको कार किन्न मेरो छोराको जस्तो बुद्धि प्रत्येक पटक सरकार परिवर्तन हुँदा फेरिएका मन्त्रीहरुलाई कहिले पो आउला ?
म दोधारमा परें ।
उद्घाटन
“सचिवज्यू, आजको कार्यक्रम के छ ?”
“उद्घाटन कार्यक्रम राखिएको छ हजुर ।”
उद्घाटन कार्यक्रमको तयारी गरिएको छ । फूलमालाले सजाईएको छ । सायद आफ्नै नयाँ कार्यकक्ष होला । दुईवटा राता रिबन टांगिएका छन् । दुबै जना कैँची लिएर तयार छ्न् उद्घाटन गर्न ।
सचिवज्यूले भन्नुभयो, “मन्त्रीज्यूले माथिल्लो र राज्यमन्त्रीज्यूले तलको रिबन काट्नु पर्यो ।”
सोही बमोजिम भयो । थपडीको करतलध्वनि सुनियो ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन