नरोजौँ कसैले मृत्युलाई
शनिबार, १४ माघ २०७९, ११ : २०

मृत्युशैयामा सुतेकाको पनि चाह हुन्छ,
अझ जिउने
जीवन र मरणको दोसाँधमा रहेकाको पनि
चाह हुन्छ, बाँच्ने
सय बर्ष पुग्न लागेकाको पनि
चाह हुन्छ, अझ जिउने
मानिसको जीवन हुन्छ, अमूल्य
एक बारको जुनी, भोलि के हुन्छ कुन्नि
तर पनि किन रोज्छ्न्,
मानिसले मृत्यु
आवेशमा आएर हो कि ?
जीवनदेखि थाकेर हो कि ?
जिउने भरोसा नपाएर हो कि ?
धोखा पाएर हो कि ?
हतास भएर हो कि ?
जे जस्तो भए पनि
सजिलो हुन्न कसैलाई
मृत्युलाई रोज्न
नगरौं बाध्य कसैलाई मृत्यु रोज्न
नबनौं कायर कोही मृत्युलाई रोजी
जीवनमा जस्तो जे अवस्था आए पनि
संघर्ष गर्न सिकौ, जीवनमा सबैले
किनकि संघर्ष नै जीवन हो
नरोजौ कसैले मृत्युलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु
-
जापानमा शक्तिशाली भूकम्प
-
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ