चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरुपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिस चट्टानको बनाबाट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुङ्गाको बगैँचामा जाने मासिन आनन्दित हुने गरेका छन् ।
कलात्मकरुपमा मानिसले आफैँ सजाएर र योजनाअनुसार बनाएर राखेकोजस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका रहेका छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रचार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्न थालेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
सो स्थलमा स्थानीय तथा आन्तरिक पर्यटक आउन थालेका छन् । पर्यटकको लागि शौचालय, ट्रस्ट तथा एक मन्दिर बनाइएको छ । प्राकृतिकरुपमा बनेको ढुङ्गाको बगैँचाको प्रचार र विकासमा ध्यान दिनसकेमा सन्धिखर्क नगरपालिकाको महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो । अहिले पनि जिल्लाभित्रका मानिस दैनिकरुपमा त्यहाँ घुम्न पुग्छन् ।
लुम्बिनी र सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क बजार हँुदै अर्घा भगवती मन्दिर र यो गार्डेनमा ल्याउन सके सन्धिखर्कमा चहलपहल बढ्ने छ । चहलपहल बढाउन योजनाका साथ आफूहरुले काम गरिरहेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । यहाँबाट सन्धिखर्क, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी र छत्रदे गाउँपालिका मात्र हैन पाल्पा र प्युठानका केही भाग हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक