नक्कली प्रहरी बनेर ठगी गर्ने एक जना लमजुङबाट पक्राउ

लमजुङ । प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो ।
आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।
बेसीशहरमा डेरा गरि वस्ने गुरुङ विभिन्न महिलाहरुसंग रु ७ लाख १७ हजार पाच सय रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हुँ प्रहरीमा भएको केशहरु समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका थिए । गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए ।
निज गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्वन्धी कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक जगदिश रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर