दोस्रो दिन पनि पठानको रेकर्ड कमाई

मुम्बई । शाहरुख खानको पठानको रेकर्ड तोड्ने सिलसिला दोस्रो दिन पनि जारी रह्यो । फिल्मले ६८ करोड कमाएको छ । रिलिजको दोस्रो दिन यति धेरै कमाउने यो पहिलो बलिउड फिल्म हो ।
अर्कोतर्फ तमिल र तेलुगुको आँकडालाई मिलाएर हेर्ने हो भने फिल्मको दोस्रो दिनको कुल कलेक्सन ७२.५ करोड पुगेको छ । घरेलु बक्स अफिसमा दुई दिनमा फिल्मको कुल कलेक्सन १२९ करोड पुगेको छ । पहिलो दिन ५५ करोड कमाएर पठान बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको थियो ।
विश्वव्यापी कमाईलाई हेर्ने हो भने पठानले दुई दिनमा २२० करोडभन्दा बढी कमाएको छ । पठानले यसरी नै कमाइ गरिरहने हो भने आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्न सक्नेछ । बक्स अफिस इन्डिया रिपोर्टका अनुसार पठानले दोस्रो दिन विश्वभर करिब ११२ करोड भारु कलेक्सन गरेको छ । पहिलो दिनमा १०३ करोडको कलेक्सन जोड्ने हो भने फिल्मले दुई दिनमा २१५ करोड कमाएको छ । योसँगै साउथ रिजनको ६ करोड जोड्दा फिल्मको कुल कमाई २२१ करोड नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुलमै रहलान् कि रियल म्याड्रिड बसाइँ सर्लान् ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड ?
-
काठमाडौँ उपत्यकामा कहाँबाट कति हुन्छ तरकारी आपूर्ति ?
-
‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’
-
अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने