स्याङजामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
शुक्रबार, १३ माघ २०७९, २२ : १०

स्याङ्जा । स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ एक पैदल यात्रुको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए ।
ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साँझ ६ः३० बजे घटना भएपछि अहिले पनि सडक अवरुद्ध रहेको छ । प्रहरीले घटनास्थलको मुचुल्का गरेर शव हटाउने र यातायात सुचारु गर्ने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’