अल नासरको हारमा रोनाल्डो दोषी !
शुक्रबार, १३ माघ २०७९, २० : ०९

साउदी अरेबिया । अल नासरका म्यानेजर रुडी गार्सियाले क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गोल गर्नबाट चुक्नु नै साउदी सुपर कपमा अल-इतिहादसँगको हारमा टर्निङ प्वाइन्ट भएको बताएका छन् ।
अल-इतिहादसँग ३-१ ले पराजित भएर अल-नासर साउदी सुपर कपबाट बाहिरिँदा रोनाल्डोले निराशाजनक खेल प्रदर्शन गरेका थिए ।
१५ मिनेटमा नै रोमारिन्होले अल-इतिहादलाई अग्रता दिएपछि पोर्चुगलका फरवार्डले पहिलो हाफमा गोल गर्ने अवसर पाएका थिए तर उनले बललाई जाली चुमाउन सकेनन्।
गार्सियाका अनुसार यदि रोनाल्डोले त्यो निर्णायक क्षणमा रोनाल्डो नचुकेको भए नतिजा फरक हुन्थ्यो।
फ्रान्सेली म्यानेजरले खेलपछि पत्रकारहरूलाई भने, "खेलको नियति परिवर्तन गर्ने एउटा पल क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गुमाएको मौका थियो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह