अदालतको फैसलामाथि कानुन व्यवसायीसँग छलफल गर्छौँ: रास्वपा प्रवक्ता ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतले गरेको फैसलाबारे अध्ययन गरेर मात्र थप टिप्पणी गर्ने बताएका छन् ।
सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि पार्टी कानुन व्यवसायीहरूसँग छलफलमा जुटेको प्रवक्ता ढकालले जानकारी दिएका हुन् ।
रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘अदालतको फैसलामा पार्टीको सवालमा के भनेको छ, सांसद पदको सवालमा के भनेको छ, गृहमन्त्री पदको सवालमा के भनेको छ, त्यसबारे अध्ययन गर्दैछौँ । उहाँको पुनः नागरिकता प्राप्ति गर्ने अधिकारको बारेमा हाम्रो कानुन व्यवसायीसँग छलफल पनि गर्दैछौँ । यसबारेमा हामी अहिले नै धेरै टिप्पणी गर्न चाहँदैनौँ । अदालतले गरेको निर्णयलाई मानेर अघि बढ्छौँ नै तर पार्टीमा छलफल गरेर मात्र थप टिप्पणी गर्छौँ ।'
यता रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टीमा छलफल गरेरमात्र थप टिप्पणी गर्ने बताए । उनले भने, ‘तत्काल यो विषयमा धेरै नबोलौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश