फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

सुवा । फीजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ । प्रधानमन्त्री सिटिभेनी रबुकाले फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको बताएको छ ।
फिजी र चीनले २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै प्रधानमन्त्रीले भने,'हामीलाई सो सहकार्य जारी राख्नु आवश्यक छैन । काम गर्ने हाम्रो प्रणाली फरक छ।' फीजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिकरूपमा बताएको हो ।
सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालीम लिने लगायतका विषयहरू समावेश थिए । सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र यस किसमका गतिविधि निकै उचाइमा पुगेको थियो ।
फिजी टाइम्सका अनुसार चीनको र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक् रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहेको बताइएको छ । यद्यपि अस्ट्रेलिया र न्युजिल्याण्डसँग बने यस किसिमका सहकार्य जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री