नेपाल विश्वविद्यालय विधेयक विधायन समितिमा
शुक्रबार, १३ माघ २०७९, १८ : ०१

काठमाडौं । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
राष्ट्रियसभाको अर्को बैठक यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन