इरानले फर्कायो तीन हजार अफगानी शरणार्थी

काबुल । इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल इरानबाट तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको खामा प्रेसले जनाएको छ ।
अफगान शरणार्थीहरूको बलपूर्वक निर्वासन र हिरासत राख्ने क्रम जारी रहेको जनाइएको छ । हालै तीन हजार एक सय २३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो ।
तालिबान नेतृत्वमा अफगानिस्तानको शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनवरी २४ र २५ मा क्रमशः ३ हजार एक सय २३ अफगानी आप्रवासीलाई इरानबाट निकालिएको घोषणा गरेको छ ।
इरानमा पछिल्लो समय अफगान नागरिकलाई हिरासतमा राखेर जबरजस्ती अफगानिस्तान पठाइएको छ । धेरै अफगानहरूले आफ्नो जीवनको चिन्ता र डरलाग्दो आर्थिक अवस्थाको कारण देश छोडेका थिए । इरानमा हाल ४० लाखभन्दा बढी अफगानीहरू बसोबास गरिरहेका देशको विदेश मन्त्रालयले जनाएको छ ।
इरानबाट फर्केका शरणार्थीहरु हेरात र निमरुज प्रान्तहरू हुँदै अफगानिस्तान प्रवेश गरेका तालिबान अधिकारीहरूले जनाएका छन् । इरानी अधिकारीहरूलाई अफगान शरणार्थीहरूसँग शिष्ट व्यवहार गर्न आग्रह गरिएको छ ।
गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि हजारौं अफगानीहरू तालिबानको सत्ताका कारण मृत्युको डरले देश छोडेर भागेका थिए ।
पाकिस्तान तालिबानले पुनः नियन्त्रणमा लिएपछि अफगानिस्तानसँग सीमा जोडिएका दुई राष्ट्र इरान र पाकिस्तानमा ठुलो सङ्ख्यामा बसाइँसराइको लहर चलेको खामा प्रेसले जनाएको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि छलफल जारी
-
२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउनेगरी भएको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट
-
युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमण, २१ जनाको मृत्यु