डायनासोरको टाउको, चराको जिउ... चीनमा भेटियो १२ करोड वर्ष पुरानो रहस्यमयी जीव
यदि मानिसका पुर्खा बाँदर हुन् भने आजका चराहरू डायनासोर परिवारका हुन् । डायनासोर नै विकसित भएर पक्षी बनेका हुन् भन्ने दाबीमा वैज्ञानिकबीच सामान्य सहमति छ । चाइनिज एकेडेमी अफ साइन्सेजका अनुसार जीवाश्म विज्ञानीहरूले अहिलेसम्म उनीहरूको विकास क्रम बुझ्न सकेका छैनन् । अब लगभग १२ करोड वर्ष पुरानो जीवाश्मले यो बुझ्न अझ गाह्रो बनाएको छ । चीनमा हालै फेला परेको जीवाश्ममा चराको जस्तै शरीर र डायनासोरको टाउको छ ।
वैज्ञानिकहरूले यस जीवाश्मलाई क्र्याटोनाभिस झुइ नाम दिएका छन् । यसै महिना नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एउटा अध्ययनले यस जीवाश्मको स्क्यापुला (काँधमा रहेको हड्डी) अन्य चराहरूको तुलनामा अचम्मलाग्दो रूपमा लामो रहेको उल्लेख गरेको छ । जसका जीवाश्महरू फेला परेका छन् त्योभन्दा यो पनि फरक छ । चराहरूको विकास क्रममा, क्र्याटोनाभिस एक्रिओप्टेरिक्स र ओर्निथोथोर्स जस्ता सरीसृपहरू बीचमा कतै छन् । पछिल्ला समूहहरूले आधुनिक चराहरूमा देखा पर्ने विशेषताहरूलाई पहिले नै आफूभित्र पैदा गरिसकेका छन् ।
कम्प्युटरमार्फत खोज
अन्वेषकहरूले जीवाश्म अध्ययन गर्न उच्च रिजोलुसन सिटी स्क्यानिङ प्रयोग गरे । सिटी स्क्यान गर्ने बेलामा पनि जीवाश्म ढुङ्गामा नै थियो । पछि उनीहरुले कम्प्युटरमा हड्डीलाई छुट्टाए र खप्परको मूल आकारलाई पुनः बनाए । अध्ययनका सह प्रमुख लेखक लि झिहेंगले भने, ‘यसका खप्पर अन्य पक्षीजस्तै हुनुका साटो टि–रेक्सजस्ता डायनासोरको जस्तै भएको उक्त अनुसन्धानमा पाइयो । यिनीहरूले आफ्नो बङ्गारालाई छुट्टा छुट्टै हल्लाउन सक्दैनथे ।’
स्क्यापुलाका कारण पखेटा घुमाउन सक्थे
अध्ययनका सह–प्रमुख लेखक वाङ मिनका अनुसार, यसका स्क्यापुलाको अनौठो प्रकृतिले प्रजातिलाई आफ्नो पखेटा राम्रोसँग घुमाउन अनुमति दिन्थ्यो । यसबाहेक अध्ययनमा के पाइयो भने डायनासोरबाट पक्षीसम्मको विकासको क्रममा सुरुमा मेटाटार्सल हड्डीसहित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० खेलाडीमा सीमित बार्साको शानदार जित, रियलसँग दुरी घटायो
-
रोहित फर्ममा फर्किँदा भारतलाई शृङ्खला
-
कर्णालीमा स्थानीय सेवा ऐन विवाद : संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा, पालिकाको काम ठप्प
-
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
-
सोमबार कुन राशिका लागि शुभ ?