न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या
महोत्तरी । महोत्तरी जिल्लाको स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या भएको छ ।
जिल्लाको गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीले न्यायको अनुभूति गर्न नसकेको जलेश्वर नगरपालिका– २ का शिवचन्द्र चौधरीले गुनासो गरे ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दोस्रो कार्यकालको नौ महिना बित्नलाग्दा पनि नागरिकले न्याय सम्पादन र विकास निर्माणका काममा सहजरुपमा सेवा नपाएको र न्यायिक समितिले पनि जिम्मेवारीपूर्वक काममा तदारुकता नदेखाउँदा समस्या भोग्नुपरेको मनरासिस्वा नगरपालिका– १ का रविन्द्र भगतले बताए ।
संविधानको धारा २१७ मा स्थानीय तहमा मुद्दा हेर्ने अधिकार गाउँ तथा नगरका उपाध्यक्ष÷उपप्रमुखलाई तोकिए पनि सम्बद्ध पदाधिकारीले प्रभावकारीरूपमा काम गर्न नसक्दा स्थानीय तहमा गठित न्यायिक समिति नाम मात्रको भएको पिपरा गाउँपालिका– ४ का भोगी कापरको भनाइ थियो ।
जिल्लाका १५ स्थानीय तहका न्यायिक समिति सक्रिय रहेको जिकिर गरिए पनि सानातिना विवादमा पनि पीडितले न्याय खोज्न जाँदा न्यायिक समितिका पदाधिकारले पार्टीगत आधारमा निर्णय गर्ने गरेकाले पीडितहले त्यहाँ उजुरी नगर्ने गरेको जलेश्वर नगरपालिका– ८ का अगुवा मनोजकुमार साहले आरोप लगाए भने जलेश्वर नगरपालिका–२ का रमन चौधरीले पनि सानातिना झगडा, घरेलु हिंसालगायतमा न्याय खोज्नुपर्ने बेला न्यायिक समितिका संयोजक नै नभेटिँदा समस्या हुने गरेको बताइन् ।
न्यायिक समितिका संयोजक र सदस्यलाई कानुनी क्षेत्राधिकार र कार्यविधिबारे अन्योल हुँदा थप समस्या भएको छ । समिति निष्क्रिय भएपछि त्यस क्षेत्रमा विनियोजित बजेट खर्च पनि कागजी मिलान गरेर अनियमितता गर्दै आएको आरोप समेत लाग्दै आएको छ ।
न्यायिक समितिले प्रभावकारीरूपमा कार्य सम्पादन गर्न नसक्दा र सानातिना घरायसी विवादमा पनि प्रहरी नै लाग्नुपर्दा अन्य आपराधिक क्रियाकलापको अनुसन्धानमा समेत असर परिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप पुग्नथाल्यो कर्णालीको अदुवा र बेसार
-
१२ बजे, १२ समाचार : काठमाडौं जिल्ला अदालत उपस्थित भएका रवि फेरि प्रहरी हिरासतमादेखि टियू अन्तर्गतका २४ क्याम्पस प्रमुखको नियुक्तिसम्म
-
चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द
-
केही सञ्चारमाध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत
-
ललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति
-
यस्ता छन् नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर–सरकारी समिति बैठकका निर्णय