‘फोटो टाँस्नको लागि मात्र अनेरास्ववियु अध्यक्ष हुन खोजेको होइन’

काठमाडौँ । अनेरास्ववियुका महासचिव समिक बडालले अध्यक्षको तयारी थालेका छन् । फागुन २ देखि ४ सम्म काठमाडौंमा हुन गइरहेको २३ औं राष्ट्रिय महाधिवेशनमा उनले अध्यक्षका लागि दाबी प्रस्तुत गरेका हुन् ।
संगठनमा लामो समयदेखि गरेको योगदान र अनेरास्ववियुलाई सफल दिशामा पु¥याउनको लागि नेतृत्वमा पुग्नुपर्ने उनको जोड छ । त्यही आधारमा उनले योजना तथा कार्यक्रम अगाडि बढाउँदै लगेका छन् ।
यसअघि गत असोजमा सम्पन्न विधान अधिवेशनबाट नीति तथा कार्यक्रम पारित गरिसकेको छ । यसअघि नै ७० प्रतिशत काम सम्पन्न गरिसकेको अनेरास्ववियुले राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ ।
यदि निर्वाचन नभएर सहमतिका आधारमा नेतृत्व चयन गरिएमा छोटो समयमै महाधिवेशन सम्पन्न हुनेछ । तर, निर्वाचन गर्नुपर्ने अवस्था आएमा महाधिवेशन लम्बिनेछ ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तय गरेको छ । उक्त निर्वाचनमा उमेरहद लाग्नेछ । जसले गर्दा अनेरास्ववियुका धेरै नेता कार्यकर्ताहरू त्यहाँ प्रतिस्पर्धा गर्न पाउने अवस्था छैन ।
२८ वर्षको उमेर पार गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि पनि अनेरास्ववियुले महाधिवेशन तय गरेको हो । लामो समयदेखि अधिवेशन गर्न नसक्दा संगठनमा केही शिथिलता आएको ‘संगठनभित्र जुन खालको शिथिलता छ, त्यसलाई चुस्त बनाउन, त्यहाँका कमिटीहरूलाई आवधिक गर्न माघ १५ गतेसम्मको समय दिएका छौं । अब संगठनलाई चुस्त बनाउँदै अगाडि बढ्छौं ।’ महासचिव बडालले भने ।
अनेरास्ववियुको महाधिवेशनलाई स्ववियु निर्वाचनको तयारीको रूपमा लिएको बताउँदै महाधिवेशनमा सकभर सहमतिको आधारमा नेतृत्व चयन गरिने उनको भनाई छ । ‘सकभर राष्ट्रिय महाधिवेशन एकतासाथ सन्देश दिने गरी सम्पन्न गर्छौ । महाधिवेशनपछि नेतृत्वका लागि आकांक्षा हुनु स्वाभाविक हो । त्यसलाई पनि नीति, विधानभित्र रहेर अगाडि बढ्छौं ।’ उनले भने ।
महाधिवेशनमा स्ववियु निर्वाचन हुने प्रत्येक क्याम्पसबाट प्रतिनिधित्वको व्यवस्था गरिएको उनको भनाई छ । ‘जहाँ ५ हजार भन्दा बढी विद्यार्थी हुन्छन्, त्यहाँबाट तीन जना विद्यार्थीलाई प्रतिनिधिका रूपमा सहभागी गराउँछौं, त्यो भन्दा कम विद्यार्थी रहेको ठाउँबाट एक जना प्रतिनिधित्व अनिवार्य व्यवस्था गरेका छौं ।’ उनले जानकारी दिए ।
त्यसो त स्ववियु निर्वाचन अघि कुनै पनि हालतमा महाधिवेशन हुँदैन भन्ने खालको कुरा उठेको थियो । ‘संगठनका भेला बैठक भनेको फोरम हो, त्यसमा आफ्ना विषयवस्तु राख्न पाइन्छ । त्यो कुरालाई हामीले अन्यथा लिनु हुँदैन । हामीले त्यसलाई अन्यथा लिएका पनि छैनौं,’ उनले भने ।
स्ववियु निर्वाचन पछाडि महाधिवेशन गर्दा स्ववियु निर्वाचन हुने संस्थामा ठोस व्यक्ति पठाउन सक्दैनौं कि भनेर महाधिवेशन पहिला गर्न खोजिएको उनको भनाई छ ।
‘महाधिवेशन अगाडि ग¥यौं भने हाम्रो केन्द्रीय कमिटी पनि चुस्त हुन्छ । हाम्रा नेता कार्यकर्ता पनि तयारीका निम्ति शैक्षिक संस्थामा जानुहुन्छ । हामीले शैक्षिक संस्था ओरिन्टेड प्रतिनिधि पठाएर त्यो शैक्षिक संस्थामा आकर्षण पैदा होस् भन्ने उद्देश्यले यस्तो गर्न खोजिएको हो ।’ उनले भने ।
अनेरास्ववियुको महाधिवेशनलाई धेरैले ‘वाच’ रहेको भन्दै त्यो कुशलतापूर्वकसम्पन्न गरिने उनको भनाई छ । अनेरास्ववियुको निर्वाचनमार्फत् नेतृत्व आउने वा विगतमा जसरी टीका लगाएर आउने भन्ने प्रश्नमा उनले भने, ‘अनेरास्ववियुको आफ्नै नीति विधान छ । हामी पार्टीबाट गाईडेड पनि छौं । नेतृत्वमा दावी राख्ने कुरा, आकांक्षा राख्ने कुरा स्वभाविक हुन्छन् । हामीले जसरी पनि निकास निकाल्छौं ।’
अनेरास्ववियुमा धेरै जना नेतृत्वका लागि योग्य रहेको भन्दै उनले त्यही सर्कलबाट नयाँ नेतृत्व चयन गरिने बताए । उनले भने, ‘अनेरास्ववियुमा स्वभाविक रूपमा सबै साथीहरू नेतृृत्वका लागि योग्य हुनुहुन्छ । आन्दोलनमा खारिएका साथीहरू हुनुहुन्छ । विद्यार्थीका बीचमा स्थापित साथीहरू हुनुहुन्छ, यही पंक्तिबाट अनेरास्ववियुको नेतृत्व गर्ने हो ।’
‘जहाँसम्म नेतृत्व लिने मेरो कुरामा अनेरास्ववियुको आन्दोलनबाट म संगठनको महासचिव छु । संगठनमा म प्रतिकुल स्थितिमा संगठनमा काम गर्ने व्यक्ति हो ।’ उनले भने ।
‘जुन बेला म त्रिचन्द्र क्याम्पसमा पढ्दै थिएँ । त्रिचन्द्रमा अनेरास्ववियु संगठनका सदस्यहरू भेट्न सक्ने अवस्था थिएन । त्रिचन्द्रमा विचारको दमन गरिएको छ, यसका विरुद्ध उठ्नुपर्छ भनेर अनेरास्ववियु सुरू गरिएको थियो ।’ उनले विगत सम्झे ।
आफ्नो अगुवाइमा भएको आन्दोलनका कारण त्रिचन्द्रमा स्ववियु निर्वाचन जित्ने अवस्थामा पुगिएको र केही सिट जितेको बताउँदै उनले भने, ‘नेविसंघसँग प्रतिस्पर्धा गर्ने ठाउँसम्म अनेरास्ववियुलाई पुरयाइयो । त्यसरी काम गर्दै गर्दा मैले आफैंले शारीरिक क्षतिसमेत भोग्नुपर्यो । तर पनि विद्यार्थीका जायज माग राख्ने कुरामा कहिल्यै पछि हटिनँ ।’
आफूले नेतृत्व लिएर गरेको सबै काम सफल बनाउँदै लगेको उनको भनाई छ । ‘हरेक कुरामा ठोस निर्णय दिन सक्ने क्षमता ममा छ भन्ने खालको साथीभाईबाट हौसला पाएको छु । त्यो संगठनमा लागेवापत पाएको एउटा सम्मान पनि हो । राजनीतिक हिसावले पनि आफूलाई पारदर्शी र परिपक्व बनाउने कुरामा अगाडि बढेको छु ।’ उनले भने ।
संगठनको महासचिव भएको नाताले संगठनको नेतृत्व गर्ने आंकाक्षा राख्नु स्वाभाविक भएको उनको भनाई छ । पार्टी नेतृत्वबाट मिलेर जानुहोस् भनेर भन्यो तपाईं ब्याक हुने अवस्था आउँछ कि ? भन्ने आशंकामा उनले भने, ‘स्वाभाविक रूपमा नेतृत्वले सहमति गराउन खोजेमा, न्यायोचित जिम्मेवारीका हकमा पार्टी नेतृत्वसँग कुराकानी गरिन्छ । म भन्दा अब्बल साथीहरूले संगठनको नेतृत्व गर्नुहुन्छ भन्ने कुरा आयो भने स्वाभाविक रुपमा लिनुपर्छ ।’
संगठनमा सधैँभरी बोझ हुने गरी आफ्नो उमेर नसक्न सबैमा अनुरोध गर्दै उनी भन्छन्, ‘यो आन्दोलनमा सधैँ झुण्डिएर बस्नुपर्छ भन्ने पक्षमा कोही पनि हुनुहुँदैन । अरू आकांक्षी साथीहरूलाई मेरो आग्रह छ, यो आन्दोलनलाई बोझ हुने गरी हामी हाम्रा उमेरहरू नसकौं ।’
आफू फोटो टाँस्नको लागि भन्दा पनि काम गर्नको लागि संगठनको नेतृत्व लिन खोजेको उनको जिकिर छ । ‘यो आन्दोलनको नेतृत्व फगत फोटो टाँस्नको लागि मात्र होइन । मैले जुन प्रतिकुलतामा काम गरे, आज संगठनको स्थिति विभिन्न किसिमका नयाँ शक्तिको उदयले युवा पुस्ता मुल पार्टीभन्दा बाहिर त जान खोजेको होइन भन्ने त्रासका बीच अनेरास्ववियुको महाधिवेशन सम्पन्न गर्न खोजेका छौं । उनले भने ।
पार्टी नेतृत्वले पनि युवा पुस्तामा लैजाने कुरामा ति खास लक्षित समूहका मुद्धामा टेक्छन् कि टेक्दैनन् भनेर हेरिरहेको तथा ती मुद्धाहरूमा नै टेकेर त्यसको अगुवाई गर्न सक्छु भन्ने हिम्मत गरेर यो आन्दोलनको नेतृत्व गर्ने आंकाक्षा देखाएको उनको भनाई छ ।
यो आन्दोलनको नेतृत्व गर्ने कुरामा कोही हिम्मतवाला देखियो भने न्याय गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई छ । संगठनको नेतृत्व गर्ने मौका पाएमा आफूले विद्यार्थी आन्दोलनलाई नयाँ दिशाबाट अगाडि बढाउने उनको प्रतिबद्धता छ । विद्यार्थीका तमाम समस्या र शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्ने क्षमता आफूसँग रहेको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
-
राजधानीबाट अर्का बंगलादेशी नागरिक पनि पक्राउ, ५ थान नेपाली पासपोर्ट बरामद
-
म्यानमारमा अनलाइन स्क्यामिङमा फसाइएका २ नेपालीको उद्धार
-
दिनको १ घण्टा मात्रै मोबाइलमा टाँसिए पनि हुन्छ मायोपिया, तपाईं कति चलाउनुहुन्छ ?
-
पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै सरकार
-
मास्क लगाएर अक्सिजन च्याम्बरमा किन काम गरिरहेछन् यी अर्बपति ?