राजनीति
महराले पार्टी एकताका विषयमा छुट्टै प्रतिवेदन पेस गर्ने
शुक्रबार, १३ माघ २०७९, १० : ५८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं वार्ता टाेलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् । महराले पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका विषयमा बैठकमा पेस गर्ने आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए ।
‘महराजीले वार्ता टोलीको संयोजकको रूपमा बैठकमा छुट्टै प्रतिवेदन पेस गर्नु हुने छ । उहाँले अहिलेसम्म कुन कुन शक्तिसँग कति छलफल भयो ? अवस्था के छ भन्ने विषयमा प्रतिवेदन पेस गर्ने तयारी छ,’ खतिवडाले भने । माओवादी स्थायी समिति बैठक बिहीबारदेखि बैठक चलिरहेको छ ।
माओवादी पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । जसको सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन