'ग्याङ्स अफ वासेपुर'लाई किन बिर्सन चाहन्छन् अनुराग ?

मुम्बई । प्रख्यात फिल्म निर्देशक अनुराग कश्यपको फिल्म ‘ग्याङ्स अफ वासेपुर’ कल्ट क्लासिक फिल्मको सूचीमा पर्छ । दुई भागमा बनेको यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो । फिल्मको कथा, कलाकारको अभिनय र गीतलाई दर्शकले निकै मन पराए । आज पनि यो फिल्मका कलाकारलाई दर्शकले उत्तिकै सम्झन्छन् ।
तर, निर्देशक अनुराग भने यो फिल्मलाई सम्झन चाहँदैनन् । ‘म यो फिल्मलाई बिर्सन चाहन्छु । म जहाँ पनि जान्छु, मलाई मानिसहरूले ग्याङ्स अफ वासेपुर जस्तो फिल्म कहिले बनाउने भनेर सोध्छन् । यो खुशीको कुरा हो कि मानिसले अझै यो फिल्म सम्झिरहेका छन् । तर, उनीहरूले अर्को फिल्मलाई पनि सम्झनुपर्छ,’ उनी भन्छन् ।
‘ग्याङ्स अफ वासेपुर’मा मनोज वाजपेयी, पंकज त्रिपाठी, हुमा कुरैशी, ऋचा चड्डाजस्ता कलाकारको अभिनय थियो । दुवै भागको फिल्म सन् २०१२ मा रिलिज भएको थियो ।
कामको कुरा गर्दा निर्देशक अनुराग नयाँ फिल्म ‘अलमस्ट प्यार विद डिजे मोहब्बत’का कारण चर्चामा छन् । यो फिल्म यसै वर्षको फेब्रुअरी ३ मा रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ