रातोपाटीकर्मी आचार्यलाई पितृशोक
शुक्रबार, १३ माघ २०७९, ०७ : ४३

काठमाडौं । रातोपाटी डटकमका वरिष्ठ उपसम्पादक सुदर्शन आचार्यलाई पितृशोक परेको छ । आचार्यका बुबा ऋषिराम आचार्यको बिहीबार निधन भएको हो । रक्तचाप र मधुमेहका बिरामी ७२ वर्षीय आचार्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ९ स्थायी निवासी स्वर्गीय आचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । आचार्यको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
रातोपाटी परिवार ऋषिराम आचार्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक
-
राष्ट्रिय मुक्ति पार्टीमा सबै सदस्यले एक पटक अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने
-
बाढीले निर्माणाधीन पुलमा क्षति
-
सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत (कित्तासहित)
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?