नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४ औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उनले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको बताए ।
नेपाल र भारतबीच बेटीरोटीको सम्बन्धसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एकअर्काका पूरकसमेत रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले भने, “ठूलो सङ्ख्यामा नेपाली नागरिकले भारतमा रोजगारी प्राप्त गरेका छन्, थुप्रै भारतीय नागरिकले नेपालमा रोजगारी प्राप्त गरेका छन् ।” यसबाहेक शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुवै देश एकअर्काको पूरक भएको उनको भनाइ थियो ।
नेपाल–भारतको भाषा, संस्कृति, वेशभूषासमेत एकजस्तो भएको तथा एकअर्काको सुख, दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरूको समेत निकै ठूलो योगदान रहेको बताए ।
भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुक्खा बन्दरगाह नेपाली उद्योगी व्यवसायीलाई निकै सहयोगी बनेको बताउँदै उनले भारतीय लगानीकर्तालाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
कार्यक्रममा महावाणिज्य दूतावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेशकुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा बसोबास गरिरहेका भारतका मित्रहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा वीरगञ्जका विभिन्न स्कुलका छात्रछात्राले नृत्य, गीत तथा झाँकी प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा