मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : जनमत पार्टी

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने बताएका छन् । प्रदेश सरकारमा जनमत पार्टीको मन्त्रालय परिवर्तन भएपछि उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्नसकिने बताएका हुन् ।
बिहीबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख कार्यालयले जनमत पार्टीको मन्त्रालय हेरफेर गरेको थियो । यसअघि १० गते सामाजिक विकास मन्त्रालय दिएकोमा बिहीबार त्यसलाई परिवर्तन गरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिएको हो ।
यादवले भने, 'भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय पनि मागेको थिए । तर, सुरुमा सामाजिक विकास मन्त्रालयमा सहमति भएको थियो । यसरी अचानक मन्त्रालय फेरिएपछि अचम्मित भएका छौं ।' उनले शुक्रबार बिहान दलको बैठक बसेर सरकारलाई दिएको समर्थन यथावत् राख्ने वा फिर्ता लिने भन्नेबारेमा छलफल गर्ने बताए ।
उनका अनुसार जनमत मधेस प्रदेशको संसदीय दलको बैठक शुक्रबार बिहान ८ बजे बस्ने छ । बैठकमा पार्टी अध्यक्ष डा.सिके राउत पनि सहभागी हुने जनाइएको छ । मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुबीच सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु
-
नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती
-
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु
-
च्याम्पियन्स ट्रफी : अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित
-
कतारमा सडक दुर्घटनामा परी नेपाली युवा व्यवसायी आचार्यको मृत्यु