सुकुम्बासी बस्ती हटाउँदा ‘मास क्याजल्टी’ हुने सुरक्षा प्रमुखहरुको ब्रिफिङ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुकुम्बासी बस्ती हटाउने विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । गृह मन्त्रालयमा बिहीबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग छलफल गरेका हुन् । छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र शाह (बालेन) र एकिकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना पनि सहभागी थिए ।
सुरक्षा प्रमुखहरुले सरोकार वाला निकायहरुको व्यवस्थापनको बिकल्प दिएपछि मात्र थापाथलीको सुकुम्बासी बस्ती हटाउन सुझाव दिएका छन् । प्रहरी प्रमुखहरुले अहिलेकै अवस्थामा बस्ती हटाउँदा ‘मास क्याजल्टी’ हुने ब्रिफिङ गरेका छन् । मानवीय क्षति धेरै हुने प्रहरी प्रमुखहरुको ब्रिफिङपछि गृहमन्त्रीले यसबारे पुनः छलफल गर्ने बताएको बैठकमा सहभागी एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले मंसिर १२ मा थापाथलीस्थि सुकुम्बासी बस्ती हटाउन जाँदा भएको झडपबारे बताएका थिए । शाहले बस्ती खाली गरेपछि व्यवस्थापनको बिकल्प आउने बताएका छन् । बालेन्द्रको भनाई उदृत गर्दै गृह मन्त्रालयका एकजना अधिकृतले रातोटीसँग भने– ‘पहिला बस्ती खाली गरौं, सुकुम्बासीलाई उनीहरुका लागि बनेको घरमा राख्छु ।’ शाहले गेष्ट हाउसमा राखेर भएपनि सुकुम्बासीको व्यवस्थापन गर्न सकिने योजना सुनाएका थिए ।
एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले बस्ती खाली गरेर करिडोरमा बगैंचा बनाउने योजना सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता