इलेक्ट्रिक व्यवसायीद्वारा आत्महत्या, बैंकको ताकेता कारण रहेको उद्योगीको आरोप

काठमाडौं । व्यवसाय गर्ने वातावरण नभएको र ऋणमा डुबेको भन्दै इलामका प्रेम आचार्यले आत्मदाह गरेको एक दिनपछि विराटनगरका एक व्यवसायीले ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने रहेका छन् । उनले बुधबार आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनले आत्महत्या गरेको स्थानबाट प्रहरीले तीन पानाको सुसाइट नोट फेला पारेको छ । सुसाइट नोटमा न्यौपानेले व्यवसायी प्रयोजनको लागि लिएको रकम समावेश गरिएको छ । नोटमा न्यौपानेले विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग लिएको रकम उल्लेख गरेका छन् ।
५७ वर्षिय न्यौपाने विराटनगर–३, पोखरीया स्थित आफ्नै घरको बाथरुममा बुधबार घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए । न्यौपाने विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल संचालन गरिरहेका थिए ।
उनले आत्महत्या गर्नुमा बैंकको ताकेता रहेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले आज आयोजना गरेको कार्यक्रममा रिजालले बैंकले ताकेता माथि ताकेता गर्दा न्यौपानेले आत्महत्या गरेको दाबी गरेका हुन् ।
विराटनगरका एक विकास बैंकले माघ १० गतेभित्र बैंकको साँवा ब्याज नबुझाए सम्पूर्ण परिवारको फोटो पत्रिकामार्फत सार्वजनिक गर्ने चेतावनी दिएपछि आफ्नो बेइज्जत हुने डरले न्यौपानेले आत्महत्या गरेको रिजालको दाबी छ । यस्ता बैंकलाई अविलम्ब कारवाही गर्नुपर्ने रिजालले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
-
बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै
-
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित