छ महिनामा गुल्मीका ५७ वटा उजुरी अख्तियारमा
बिहीबार, १२ माघ २०७९, १६ : २५

गुल्मी । गुल्मी जिल्लाका स्थानीय तह तथा विभिन्न निकायसँग सम्बन्धित ५७ वटा उजुरी अख्तियारमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीका अनुसार यस आर्थिक वर्षको शुरुदेखि पुस मसान्तसम्म गुल्मीका ५७ वटा उजुरीहरु परेका हुन् ।
अधिकारीका अनुसार स्थानीय तहसँग सम्बन्धित २४ उजुरी परेका हुन् भने अन्य संघ र प्रदेश अन्र्तगतका रहेका छन् । स्थानीय तहसँग सम्बन्धित उजुरीहरुमा सार्वजनिक खरिद, सडक निर्माण र अन्यमा बिद्यालय भवन निर्माण, दिवा खाजा लगायतका बिषयमा उजुरी परेको कार्यालयले जनाएको छ ।
कार्यालयमा परेका ५७ वटा उजुरीहरुमध्ये १२ वटा उजुरीहरुको किनारा लागिसकेको छ भने ४५ वटा उजुरीहरुको बारेमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)