इजरायली आक्रमणमा ४ जना प्यालेस्टाइनीको मृत्यु
बिहीबार, १२ माघ २०७९, १५ : ३९

जेनिन । पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् ।
मृत्यु हुनेहरुको सङ्ख्या बढेर “एउटी वृद्ध महिलासहित चार सहिद भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणमा परी अन्य धेरै घाइते भएका जनाइएको छ ।
सेनाले जेनिन सरकारी अस्पतालमा आक्रमण गरेको र जानाजानी अस्पतालको बाल रोग विभागमा अश्रु ग्यास प्रहार गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–काइलाले बताएका छन् ।(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा