मिडिया स्टन्टबाजी र ढोँगी राजनीति
सन् २०१८ मा पाकिस्तानमा क्रिकेटर इमरान खान प्रधानमन्त्री नियुक्त भए । नियुक्तिलगत्तै उनले सरकारी खर्च कटौतीलाई प्राथमिकतामा राखेर प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरे, जहाँ दर्जनौं वबलेट पु्रफ गाडी र सयौँ सुरक्षाकर्मी र कर्मचारी तैनाथ हुन्थे ।
उक्त प्रधानमन्त्री निवासलाई अनुसन्धान विश्वविद्यालय वनाउने घोषणा गर्दै उनी एकजना सैन्यसचिवको घरमा डेरा लिएर वसे । आम खर्च कटौतीको आह्वान गर्नु विग्रदो पाकिस्तानी अर्थतन्त्र पुनर्जीवनको लागि अनिवार्य थियो ।
नयाँ प्रधानमन्त्रीबाट यस्तो लोकप्रिय कार्यहरुको थालनी गर्नुले पाकिस्तानको मात्र होइन, सारा विश्वजगतकै ध्यान खिचेको थियो । सञ्चार जगतमा उनको यो कदम भाइरल भएसँगै उनको लोकप्रियता उत्कर्षमा पुग्यो । प्रधानमन्त्री त यस्तो हुनुपर्छ भनेर पाकिस्तानमा मात्र होइन, विश्वभरी नै सकारात्मक र प्रसंशनीय टिप्पणी भए ।
यता नेपालमा सन् २०११ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भए । उनले पनि सादा जीवन र उच्च विचारको नीति अंगीकार गर्दै करोडौंको गाडी त्यागेर नेपालमै वनेको मुस्ताङ्गी जीप चढ्ने घोषणा गरे ।
तात्कालीन प्रधानमन्त्री भट्टराईको यो कदम केवल खर्च कटौतीमा मात्र सीमित थिएन । यो त साम्राज्यवादी दलाल अर्थतन्त्रले गाँजेको नेपाल जस्तो मुलुकमा स्वदेशी आत्मनिर्भर राष्ट्रिय पुँजी विकासमा पनि सहयोगी थियो । भट्टराईको उक्त कदमको चौतर्फी गुणगान र वाहवाही भयो । उनी वौद्धिक मात्र नभएर नेपाल र नेपालीको मर्म, भावना र आवश्यक्तालाई राम्रोसँग वुभ्mन सक्ने एक कुशल नेता भनेर प्रसंशा गरियो । सञ्चार सञ्जाल र जनजन्को बोली सबै भट्टराईमय हुन पुग्यो ।
त्यसैगरी, तात्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि मन्त्रीलाई उपलव्ध हुने सुविधासम्पन्न गाडी नचढ्ने घोषणा गरे । उनले मन्त्रालय जाँदा आउँदा साइकल प्रयोग गरे । मन्त्री पण्डितको त्यस्तो सादगी जीवन पद्धतिको पनि सवैले खुलेरै प्रसंशा गरे । उनी एकाएक राजनैतिक तथा सामाजिक सञ्जालमा भाइरल वने । उनको गुणगान र चर्चाले राम्रै कभरेज लिएको थियो । लालबाबु भन्ने वित्तिकै सरल र सादगी विम्व प्रतिविम्वित हुन्थ्यो ।
त्यस्तै, गत स्थानीय निर्वाचनमा हर्क साम्पाङले धरान उपमहानगर पालिकाको मेयरमा विजय लगत्तै खादा मालाले सम्मान नगर्न उर्दी जारी गरे । धराने जनतालाई पानी खुवाउने भन्दै आसपासको खोलाहरुमा ढुंगा, गिटी र वालुवा कुटे र बोके । यस्तो श्रम संस्कृतिमा उनी आपैm सहभागी भए ।
लोकप्रियताको शिखरमा पुगेका पार्टी वा व्यक्तिहरू किन एकाएक आधारमा झर्छन् ? समर्थक र प्रशंसकहरूले पनि किन यति छोटो अवधिको लागि मात्र प्रेम र सम्मान गर्छन् ? यसरी प्रारम्भमा सबैको ध्यान बल खिच्न सक्ने व्यक्ति उत्तरार्द्धतिर किन एक्लो बन्छन् ? प्रश्न असरल्ल छन् ।
नेपालमा श्रम संस्कृति छैन । यो दुःखद कुरा हो । यस्तो वस्तुगत धरातलमा मेयर हर्क साम्पाङले आपैm समेत लागेर श्रमलाई स्थापित गराउने प्रयत्न गर्नु उदाहरणीय काम हो । यो तपार्इं हामी सवैले सिक्नुपर्ने विषय हो । हर्क साम्पाङको यस्तो जीवनशैली देशमा मात्र होइन, विदेशमा पनि भाइरल भयो । उनको प्रसंशक र समर्थक हवात्तै बढे, जुन स्वयं साम्पाङलाई थेग्न निकै मुश्किल भयो ।
माथि उल्लेखित पात्र र परिघटना पछिल्लो राजनीतिमा अनिवार्य वन्दै गएको बाहिर प्रचारमा आएका केही प्रतिनिधि उदाहरण मात्र हुन् । कतिपय चर्चामा नआएका थुप्रै प्रसङ्ग गुमनाम पनि छन् ।
यद्यपि पछिल्लो समय यति धेरै ढोँगी शैली किन अपनाउन वाध्य छन् नेताहरु ? यसरी लोकप्रिय बन्दा बन्दै पनि उनीहरु दीर्घकालिक रुपमा किन सफल हुन सकेका छैनन् ? लोकप्रियताको शिखरमा पुगेका पार्टी वा व्यक्तिहरु किन एकाएक आधारमा झर्र्छन् ? समर्थक र प्रसंशकहरुले पनि किन यति छोटो अवधिको लागि मात्र प्रेम र सम्मान गर्छन् ? यसरी प्रारम्भमा सबैको ध्यानबल खिच्न सक्ने व्यक्ति उत्तराद्र्धतिर किन एक्लो बन्छन् ? प्रश्न असरल्ल छन् ।
अर्थात् सुरुमा यसो गरे भने सबैले मलाई वाहवाही गर्छन् भनेर जान्ने वा सचेत व्यक्ति अन्त्यतिर भने अचेत भएर त्यो विगतको विरासत जोगाउन नसकेको हो त ? यो जटिल प्रश्नको सही र वस्तुवादी जवाफको खोजी नगरी तथ्य धरातलमा पुगिदैन । तथ्य धरातलमा नटेकी सवालको सही जवाफ दिन सकिदैन । सही जवाफ विना गन्तव्यमा पुगिदैैन । गन्तव्यमा नपुग्नु भनेको आजको समस्या जहाँको त्यही रहनु हो ।
वस्तुतः पहिलो सस्तो लोकप्रियता र हल्ला वा प्रचारवाजीले निर्देश गरेको समाजमा सिद्धान्त प्रधान हुँदैन । सिद्धान्त प्रधान नभएको समाजमा खास दृष्टिकोण हुँदैन । खास दृष्टिकोण नभएको समाजमा स्पष्ट नीति र कार्यदिशा हुँदैन । स्पष्ट कार्यदिशा नभएको समाजमा अन्तिम गन्तव्यको खाका सहितको कार्ययोजना हुँदैन । कार्ययोजना नभएको समाजमा सिलसिला वा चरणवद्ध ठोस कार्यक्रम हुँदैन ।
यसरी निश्चित दृष्टिकोणद्वारा निर्देशित स्पष्ट कार्यक्रमै नभएपछि सम्पूर्ण सामाजिक सत्ताहरु हचुवाको भरमा सञ्चालन गरिन्छ । देशी–विदेशी शक्ति र स्वार्थ समूह वा गुटद्वारा निर्देशित हुन्छ । जसलाई जे मन लाग्यो, त्यही नै नीति र विधि मान्नुपर्ने हुन्छ । अर्थात् सिंगो राजकीय सामाजिक सत्ताहरु नै मनोगत भाष्यद्वारा परिचालित हुन्छ । नीति, विधि, प्रक्रियाहरु सवै औपचारिकता र देखावटी साजसज्जा मात्र हुन्छ । तव सस्तो लोकप्रियताको ढोँग नै अन्तिम अस्त्र सिद्ध भइदिन्छ ।
दोस्रो, आजको पुँजीवादले अधिकांश मुलुकहरुमा अभ्यास गरिरहेको राजनैतिक प्रक्रिया भनेको आवधिक चुनाव हो । उनीहरुको यो प्रक्रिया संसदीय राजनैतिक अभ्यासमा अभिव्यक्त भइरहेको छ । संसदीय प्रणालीमा आवधिक चुनावलाई लोकतन्त्रको गहना भनिन्छ । तर रुपवादी सौन्दर्य शास्त्रको कोणबाट हेर्दा गहना राम्रो भएपनि त्यसको नकारात्मक आयामहरु धेरै छन् ।
मूलतः आज चुनाव असाध्यै विकृत र खर्चिलो हुँदै गइरहेको छ । हुँदा–हुँदा आज लोकतन्त्र जसरी पनि वा जे गरेर पनि चुनाव जित्नुसँग मात्र जोडिन थालेको छ । यो हाम्रो लागि दुर्भाग्यको कुरा हो ।
यसरी सिंगो लोकतन्त्र नै जसरी पनि एक दुइ जम्मा गरेर अंक गणित बढाउनेमा सीमित भएपछि त्यसबाट उन्नत राजनैतिक उपलव्धिको अपेक्षा गर्नु वैचारिक दरिद्रता मात्र हुन्छ ।
यही खर्चिलो चुनाव जित्नको लागि विभिन्न जालझेल र तिकडम्वाजी गर्नु पर्ने वाध्यता छ । जसरी पनि चुनाव जित्ने नाममा पार्टी वा नेताहरुमा एकाएक सस्तो लोकप्रियताको ढोँग गर्ने प्रचलन हवात्तै बढेको छ । यो चुनाव जित्ने अनि शक्ति, पद र प्रतिष्ठा जस्ता अतिरिक्त मूल्य प्राप्ती गर्ने गतिलो अस्त्र भएको छ ।
तेस्रो, पुँजीवाद भनेको विभिन्न खाले स्वार्थगत अन्तरविरोधहरु विद्यमान भएको समाज व्यवस्था हो । यस्तो समाज व्यवस्थामा निजी र निहीत स्वार्थ निर्णायक हुन्छ । यहाँसम्म कि प्राकृतिक प्रकोपको वेला गरिने उद्धारमा पनि अझ ठूलो स्वार्थ लुकेको हुन्छ । अर्थात् समाजमा व्यक्तिगत, आफन्त, भाइवन्धु, साथीभाइ, चिनजान, समूहगत र पार्टीगत स्वार्थहरु हावी हुने गर्दछ ।
यही स्वार्थ प्राप्तीको टकरावजन्य नशामा विधि र प्रक्रिया संविधान, नियम र कानुनहरु छायाँमा पर्दै जान्छ । जताततै स्वार्थजन्य सञ्जाल प्रभावी हुँदै जान्छ । विना निहीत स्वार्थको कुनै सामाजिक सत्ता नै हुँदैन । यो पुँजीवादी लोकतन्त्रको सुगरकोटेड आवरण भित्रको गम्भीर खोट हो ।
रुपबाट हेर्दा सस्तो लोकप्रियताको ढोँग गलत छैन । यो असाध्यै अनुकरणीय काम हो । तर आज उसले सस्तो ढोँग गर्दाको लागत मुल्य र भोलि प्रतिफलबाट प्राप्त मुल्य बीचमा अतिरिक्त मुल्य असाध्यै वढी देख्नु नै लोकप्रियताको ढोँगमा लगानी बढाउनु हो ।
यस्तो स्वार्थै स्वार्थमा जकडिएको समाजमा सबैखाले उठवसहरु बाहिर हेर्दा र देख्दा राम्रो लागे पनि भित्र उही निहीत स्वार्थ नै अन्तरनिहीत हुन्छ । यो विडम्वना हो । हाताहाती केही दिएर त्यो भन्दा धेरै स्वार्थ प्राप्ती गर्नु भनेको पुँजीवादीहरुले मजदुरलाई शोषण गर्दै अतिरिक्त मुल्य वा नाफा कमाए जस्तै हो ।
उदाहरणको लागि भोलि ठूलो शक्ति आर्जनको स्वार्थमा गरिने सेवा वा श्रम, अस्मिता लुट्ने स्वार्थमा नारीहरुप्रति गरिने सेवा, सहयोग र सम्मान अनि कुनै मान–मर्यादा र प्रतिष्ठाको स्वार्थमा गरिने उद्धारसेवा पुँजीपतिहरुको अतिरिक्त मुल्य वा नाफा कमाउने अर्थराजनीतिकै विकसित वा छद्म रुप हो । यही उद्देश्य वा स्वार्थ वरपरबाटै पछिल्लो समय सस्तो लोकप्रियताको ढोँग अचाक्ली बढ्दै गएको छ ।
यसरी रुपबाट हेर्दा सस्तो लोकप्रियताको ढोँग गलत छैन । यो असाध्यै अनुकरणीय काम हो । तर आज उसले सस्तो ढोँग गर्दाको लागत मुल्य र भोलि प्रतिफलबाट प्राप्त मुल्य बीचमा अतिरिक्त मुल्य असाध्यै वढी देख्नु नै लोकप्रियताको ढोँगमा लगानी बढाउनु हो । यस अर्थमा यो सरासर गलत छ ।
चौथो, वर्तमान समाज व्यवस्थामा सिद्धान्त, दृष्टिकोण, कार्यदिशा र कार्ययोजनाद्वारा निर्देशित छैन । यस्तो समाज व्यवस्था अन्तरगत नागरिकमा पनि कुन सिद्धान्त सही, कुन गलत अनि कुन दृष्टिकोणले हाम्रो दीर्घकालीन हित गर्दछ भनेर वहस छलफल गर्ने संस्कृति हुँदैन ।
उनीहरु पनि यस्तै ढोँगी प्रचार, ढोँगी श्रम, ढोँगी त्याग तपस्या अनि नयाँ र अनौठो ढोँगहरुको शैलीमा रमाउन थाल्दछन् । उनीहरुलाई ढोँग र वास्तविकता पहिचानमा रुचि नै हुँदैन । निरपेक्ष रुपमा विश्वास गर्छन् । उनीहरुले पछि मात्र ढोँग रहेछ भनेर थाहा पाउँछन्, जुन अबेर भइसकेको हुन्छ । यसरी मतदाताहरु पनि सही सिद्धान्त र दृष्टिकोणलाई नजरअन्दाज गर्दै केवल सस्तो लोकप्रियताको प्रचारवाजीहरुमा रुम्मलिनु पनि सिंगो राजनीति ढोँगी बन्दै जानुको प्रमुख कारण हो ।
त्यसैले, सस्तो लोकप्रियता अन्तरगत जनताका मन छुने कामहरु गरेर पनि अन्त्यमा असफल हुनुको मुलभूत कारण ढोँग गर्दाको लागत मुल्य भन्दा धेरै बढी अतिरिक्त नाफा कमाउने स्वार्थगत उद्देश्य राख्नु नै हो । निजी वा निहीत आत्मकेन्द्रीत स्वार्थद्वारा निर्देशित हुनु नै हो ।
यसकारण पाकिस्तानका प्रधानमन्त्री इमरान खान अविश्वासको मत झेल्न नसकेर सत्ताबाट बाहिरिनु प¥यो । डा बाबुराम भट्टराईले खिलराज रेग्मीलाई सत्ता सुम्पनु प-यो । लालबाबु पण्डितले एक वर्षमै मन्त्रालय छोड्नु प¥यो । अव हर्क साम्पाङलगायत अरुहरुको क्रियाकलाप भने हेर्न बाँकी छ । यद्यपि लक्षण ठिक देखिन्न ।
हिजोआज भइरहेको तमामखाले सस्तो लोकप्रियताको ढोँगहरुको अन्तर्यमा उही व्यक्तिगत स्वार्थगत उद्देश्य र नियत अन्तरनिहीत हुनाले अरु पनि उही प्रक्रियाबाट गुज्रिने निश्चित छ ।
उन्नत समाज निर्माणको राजनैतिक प्रक्रियामा सुखैसुख मात्र हुँदैन । कहीँ कतै दुःख, कष्ट र संघर्ष पनि हुन्छ भन्ने स्कुलीङ छैन । तब त हामी सबै बोइलर जस्तो बन्दैछौं । तर ढोँग र सक्कली चिन्ने न्युनतम् सचेतना विनाको अभिमतहरुद्वारा निर्धारण गरिने गणितीय राजनीतिले कता पुर्याउने हो यसै भन्न सकिन्न ।
यस्तो रवैयाले समानता र न्याय सहितको उन्नत समाज व्यवस्थाको कल्पना गर्न सकिन्न, जुन हामी सवैको चीरप्रतिक्षीत सपना हो । तसर्थ, ढोँगी अभिनयमा बहकिनु भन्दा समाजको सचेत विश्लेषण गर्दै अघि बढ्नुको अर्को विकल्प छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध मुद्दा दायर हुँदै, मिसिल र प्रमाणहरू अदालतमा पेस
-
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
-
विंगर साकाको चोटले प्रशिक्षक आर्टेटालाई थप्यो चिन्ता
-
बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे जनकपुर बोल्ट्सलाई सम्मान
-
अमेरिकामा टर्याे सरकारी कामकाज ठप्प हुने सम्भावना
-
झापामा ४ केजी गाँजासहित एक महिला पक्राउ