सन्दीपको विषयमा क्यान कानुनअनुसार अघि बढ्ने
बिहीबार, १२ माघ २०७९, १५ : २३

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढिने स्पष्ट पारेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईसीसीले भनेअनुसार अघि बढिने बताए ।
उनका अनुसार आईसीसीले क्यानलाई सन्दीपको विषयमा कानुन अनुसार अघि बढ्नु भनेको छ ।
उनले भने, ‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी भन्ने कुरामा कुनै दुई मत छैन । आइसीसीले क्यानलाई कानुनअनुसार अघि बढ्नु भनेको छ । हामी त्यो विषयमा सोचिरहेका छौँ ।’
उच्च अदालत पाटनले केही समयअघि लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गरेको थियो । त्यससता उनको क्रिकेटमा पुनरागमनबारे अन्योलता रहेका बेला चन्दको यस्तो भनाइ आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?