जासुसीको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्षको जेल सजाय

वासिङ्टन । जासुसीको आरोपमा एक चिनियाँ नागरिकलाई अमेरिकामा आठ वर्ष जेल सजाय सुनाइएको छ । हवाई क्षेत्रको व्यापारको तथ्यांक चोरी गर्ने चिनियाँ प्रयाससँग संलग्न मुद्दामा उनलाई सजाय सुनाइएको हो । ३१ वर्षीय जी चाओकुनले यसका लागि वैज्ञानिक र इन्जिनियरहरुको पहिचान गर्ने काम गरेको अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । उनले सो तथ्यांक जियाङ्सु प्रान्तको मिनिस्ट्री अफ सेक्युरिटीलाई उपलब्ध गराएको आरोप छ । उनी ढाँटेर अमेरिकी आर्मीको रिजर्भ फोर्समा भर्ना भएको पनि उल्लेख गरिएको छ ।
जीले चीनको गुप्तचर विभागको विशेष युनिटको निर्देशनमा काम गर्ने गरेको अमेरिकाको आरोप छ । गत सेप्टेम्बरमा उनलाई विदेशी सरकारको एजेन्टको रुपमा काम गरेकोमा दोषी करार गरिएको थियो । जी एक दशकअघि विद्यार्थी भिसामा अमेरिकामा प्रवेश गरेको डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक