जापानमा पानीजहाज दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो
बिहीबार, १२ माघ २०७९, १४ : ४६

टोकियो । जापानको तटमा पानीजहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ६ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताएका छन् । जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो ।
जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाज र विमानहरू साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेका र चालकदलका सदस्यहरुसहित १३ जनालाई पानीबाट बाहिर निकालिएको थियो । फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये ६ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताउनु बताएका छन् ।