माइतीघरमा आक्रोश : अर्को जल्दो शरीर मेरो नहोस् (फोटोफिचर)
_6f9cu2uOkt.jpg)
काठमाडौँ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन गरिएको छ । ‘राज्यद्वारा गरिएको हत्या विरुद्ध काठमाडौं अपराइजिङ’ नामको ब्यानरमा गरिएको प्रदर्शनका क्रममा सरकारको आलोचना गरिएको थियो । भ्रष्ट राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । जसमा ‘देशमा केही गर्छु भन्नु अपराध हो सरकार ?, मैले देशमा सपना देख्न पाउने कि नपाउने ?, खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, अर्को जल्दो शरीर मेरो नहोस् लगायत थिए ।
आचार्यको बुधबार उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो भने मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफूलाई आगो लगाएका थिए । व्यवसायी उनले आफू किन मर्न बाध्य भए भन्ने विषय सुसाइड नोटमा लेखेका छन् भने राज्य संयन्त्रलाई पनि विभिन्न दोष लगाएका छन् ।
उनको मत्युपछि आक्रोशमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच भेटवार्ता
-
‘माइतीघर–बानेश्वरमा दैनिक आन्दोलन गरेर सिंहदरबारको सातो उडाउँछौँ’ (भिडियोसहित)
-
बागमती प्रदेशसभाको बैठक बस्दै
-
सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन
-
साबिक विजेता लेभरकुजेनलाई स्तब्ध पार्दै फाइनलमा पुग्यो तेस्रो श्रेणीको क्लब आर्मिनिया
-
उच्च युरिक एसिड छ ? भुलेर पनि नखानुस् यी ४ चीज