लुम्बिनी प्रदेशका सभामुख घर्तीद्वारा दल त्याग

रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त) ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् । हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका घर्तीले आफू आबद्ध दल नेकपा (माओवादी केन्द्र) बाट अलग भएको घोषणा गरेका हुन् ।
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सभामुख घर्तीले संविधानको धारा १८२ अनुरूप आफू सभामुखमा निर्वाचित भएको र संसदीय व्यवस्थाभित्र तटस्थताको सिद्धान्त अनुरूप आफूले दल त्याग गरेको उल्लेख गरेका छन् । अबदेखि स्वतन्त्र नागरिक भई सभामुखको जिम्मेवारीमा रहेको उनले प्रस्ट पारेका छन् ।
सभामुख घर्ती गत मङ्सिर ४ गतेको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । वि.सं. २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका घर्ती प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक समेत बनेका थिए ।
राजनीतिक रूपमा स्वच्छ छवि बनाएका सभामुख घर्ती यसअघि पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारी रहेका उनका स्वकीय सचिव दिनेश जिसीले जानकारी दिए । यी सबै जिम्मेवारी उनले त्याग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम