कक्षा १–५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई दिइने

काठमाडौं । आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेको हो । यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो । आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्कत छपाईको जिम्मा निजीले पाउने भएका हुन् ।
मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ । निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै केन्द्रले सूचना जारी गरेको हो । निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी विक्री वितरण गर्नुपर्नेछ ।
केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्नेछ । यसअघि सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो ।
हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिइएको सरकारले जनाएको छ । तोकिएको समयमै विद्यार्थीलाई सहजै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले कक्षा ५ सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिएको केन्द्रले जनाएको छ ।
गत कात्तिकमा कक्षा १–३ सम्मको छपाईको जिम्मा निजीलाई दिनेगरी प्रस्ताव केन्द्रले मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले त्यसलाई फिर्ता पठाइदिएको थियो । त्यसपछि केन्द्रले कक्षा १–५ सम्म नै छपाइको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव पुनः मन्त्रालयमा पठाएको थियो । सोही आधारमा मन्त्रालयले कक्षा ५ सम्मको छपाईको जिम्मा निजीलाई दिने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?