७४ औँ गणतन्त्र दिवस मनाउँदै भारत

नयाँ दिल्ली । भारतले आज विभिन्न कार्यक्रमको आयोजना गरि ७४ औँ गणतन्त्र दिवस मनाइरहेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी यस वर्षको प्रमुख अतिथि छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति द्रौपदी मुर्मुले चाँडै नै कर्तव्यपथबाट गणतन्त्र दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नेछिन ।
सुरक्षा व्यवस्थाका लागि ६ हजार सैनिक परिचालन गरी कार्यक्रमको व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ । कर्तव्य पथलाई करिब १५० सीसीटीभी क्यामेराबाट निगरानी गरिने छ । भारतले हरेक २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सन् १९५० को २६ जनवरीमा भारत गणतन्त्र घोषित भएको थियो ।
सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो। भारत सन् १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस