पिटले हटाए किमको नामका ट्याटु

लसएञ्जल्स । हलिउड स्टार किम कार्दशियन प्रायः कुनै न कुनै कुराका कारण चर्चामा आइरहन्छिन् । आफ्नो बोल्ड तस्वीरका कारण इन्टरनेटमा छाइरहने किम प्रेमजीवनका कारण पनि चर्चामा आउँछिन् ।
कहिले पूर्व पति कान्ये वेस्टका साथ झगडाका कारण त कहिले कमेडियन र अभिनेता पीट डेविडसनसँग आफ्नो सम्बन्धलाई लिएर किमको प्रेमजीवन चर्चामा आइरहन्छन् । यद्यपि कान्येसँग अलग्गिएपछि किमको सम्बन्ध पीटसँग केवल नौ महिनामात्र चलेको थियो ।
तर पीट र किमको सम्बन्ध एकपटक पुनः चर्चामा आएको छ । चर्चामा आउने कारण हो कमेडियनको ट्याटु । पीटले अधुरो प्रेमको सबै निशानलाई हटाएका छन् ।
पीटले किमसँग सम्बन्धमा रहँदा आफ्नो शरीरमा उनको नामका ट्याटु बनाएका थिए । तर अहिले उनले किमसँग नाम जोडिएका सबै ट्याटु हटाएका छन् । किमसँग सम्बन्धमा रहँदा पीटले किम र उनका सन्तानको नामको ट्याटु बनाएका थिए । किमको बच्चाको पहिलो अक्षरलाई पीटले गर्धनमा ट्याटु बनाएका थिए । तर हालै सार्वजनिक पीटको तस्वीरमा त्यो ट्याटु देखिएको छैन । यो जोडी अलग्गिएको पाँच महिनामात्र भएको छ ।
पीटले शरीरमा किम र उनको सन्तानसँग जोडिएको ट्याटु हटाउनुको कारण पीटको चेस सुई वन्डर्ससँगको सम्बन्धलाई कारक मानिएको छ । हालका दिनमा पीट र चेसको सम्बन्धको चर्चा हलिउडमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो
-
निर्माणाधीन पुल खस्दा दक्षिण कोरियामा चार जनाको मृत्यु
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
-
बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग
-
छात्रवृत्तिका लागि कम आवेदन पर्यो, प्रधानमन्त्रीद्वारा आह्वान