नेपाली राजनीति : ढोक्सा भर्सेस पिँजडा
नेपालको राजनीतिक गतिविधि साँचिक्कै बक्ररेखामा फनफनी घुम्ने क्रम जारी छ । यतिवेला राजनीतिक विश्लेषकहरु समेत घटनाको उत्तराद्र्धमा मात्र आफ्नो मत दिन सकेको देखिन्छ । पुष्पकमल दाहाल पहिलो लटमा प्रधानमन्त्री हुनकै लागि सही गठबन्धन बदलेर आए । केपी ओली नौनी जतिकै पग्लेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री स्वीकार गरेकोमा नेपाली काँग्रेस आज विभिन्न पदबाट विमुख हुँदैछ ।
देशको पहिलो दलको स्थिति जाडोले खुइलिएको स्याल भएको छ । फागुनमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा समेत हातलागि शुन्य हुने हो कि भन्ने अडकलवाजी हुँदैछ । त्यो स्थिति आफ्नो पक्षमा ल्याउन काँग्रेस वीरवलको खिचडी पकाउन छोडेको रहेनछ ।
यही माघ ५ गतेको प्रतिनिधि सभाको बैठकमा सभामुख चयन गर्ने कार्यतालिकाको क्रममा पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको प्रसंगसंग जोडेर ढोक्साको कथा हाल्न भ्याउनुभयो । कथाअनुसार नेपाली काँग्रेस माछा नभएको खोलामा ढोक्सा थाप्न पुगेको व्यङ्ग गर्नुभयो ।
सोही बैठकमा पालो महामन्त्री विश्वप्रकाश शर्माको आयो । रोष्टमबाटै विश्वप्रकाशले समेत गतिलो जवाफ फर्काए । प्रमुख प्रतिपक्षकै भूमिकामा आफ्नो पार्टी रहने मत जाहेर गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कसिलो पिँजडामा बन्धक बनाएर आफू अनुकुल काम गराउन नपाइने भनी खबरदारी गर्नुभयो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको विषय जोड्दै विश्वप्रकाशले कार्यपालिकालाई नियन्त्रणमा राख्न नहुने बताएका थिए, कारण केपी ओली अहिले संविधानले नचिनेको संयन्त्रको संयोजक जो हुनुहुन्छ ।
उपरोक्त दुई प्रसंग नै यो लेखको केन्द्रविन्दु हो । ढोक्सा र पिंजडा नेपाली राजनीतिक मूलधारे प्रवृत्ति बन्ने स्थिति कसरी आयो ? साथै यो प्रवृत्तिमार्फत् चल्ने अथवा चलाइने राजनीति कुन कुन राष्ट्रिय स्वार्थ पुरा गर्न सघाउने होला ? सवाल विचारणीय छ ।
के हो पिँजडाको सन्दर्भ ?
सबैलाई जानकारी भएकै कुरो हो, अहिलेको सरकार संयुक्त सरकार हो । संविधानको धारा ७६ को उपधारा १ बमोजिम गठन हुने सरकार संयुक्त सरकार मानिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरिएपश्चात यसखाले प्रचलन भित्रियो । संयुक्त सरकारलाई सल्लाह, सुझाव दिने हेतु यो अभ्यास गरियो ।
साथै, सोही समयदेखि नै सरकार प्रमुुखलाई पिँजडामा राख्न नहुने तर्क पनि सुनियो । तर, उक्त समय संविधान बनाउने भएको कारण त्यतातिर खासै चर्चा हुन पाएन ।
अहिले उक्त संयन्त्र संविधानमा राखिएन अथवा संविधानमा पहिला पनि थिएन । अभ्यासमा ल्याइएको संयन्त्र जहिले जहिले अस्तित्वमा आयो, सरकारलाई सहयोग पुरयाउनु भन्दा पनि अधिक नियन्त्रणमुखी भएको विगतबाट देखिन्छ ।
काँग्रेस पार्टीको छटपटी अहिले पनि मापन गर्न सकिन्छ व्यवहारतः । काँग्रेसको त्यो व्यवहार जरैदेखि बुझेका ब्यक्ति हुन् ओली । सरकारमा नहुँदा काँग्रेस सबै नियन्त्रण गुमाएको महसुस गर्दा हुन् भन्ने भाष्य निर्माण गरेर ढोक्साको कथा हाल्न पुगेका ओलीले योजनाबद्ध चाल चले । ओलीले आत्मविश्वासपूर्वक भनेको विषयमा दम छ ।
ओलीले यही तर्कको आधारमा यसखाले संयन्त्र जरुरी नभएको दलिल पेश गर्नु भएको थियो । अहिले पुनः संयन्त्र अस्तित्वमा आउनु भनेको फेरिपनि नियन्त्रण गर्नका खातिर नै हो । भ्रम जति छरे पनि यथार्थ सबैको अगाडि छर्लङ्ग छ ।
कसिलो पिँजडा बनाउने कामको तात्कालीन परिणाम आइसक्यो । सभामुख र उपसभामुखको पदमा चाहे जस्तो परिणाम आइसक्यो । साथै भविष्यमा राष्ट्रपति र उपराष्ट्रपतिको चयनसमेत सोही बमोजिम हुने सम्भावना छ ।
त्यस्तै सरकारको नीति परिवर्तन अर्थात् राजनीतिक खेलको नियम आफ्नो अनुकुल बनाइ राख्न यसले यथेष्ट सहयोग गर्छ । ता कि एकल नश्लीय प्रभूत्व कायम रहने शासन व्यवस्थाले निरन्तरता पाइराखोस् । संयन्त्रले एकातिर भागबण्डामा देश चलाउने काम गर्छ, अर्कोतिर आम जनतालाई दलगत संरचनामा जहिले पनि विभाजन गरिरहने संरचनागत विभेद बढाउँदै लग्ने देखिन्छ ।
यसैको परिणाम हो, नेताहरु राजनीतिबाट शरीरमा प्राण रहुन्जेल विश्राम लिन मन नगरेको । पार्टीको लगाम आफ्नो नियन्त्रणभन्दा वाहिर जाला कि भन्ने त्रासले बाँचेको ।
के हो ढोक्साको कथा ?
नेपालको राजनीतिमा नेपाली काँग्रेसले लामो लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको छ । आधुनिक राजनीतिको प्रारम्भदेखि नै संगठन र संघर्षमार्फत् अस्तित्व कायम राखेको काँग्रेस पार्टी लामो समयसम्म सरकारको नेतृत्व गरिसकेको छ । २००७ सालको राजनीतिक क्रान्ति पश्चात पटक पटक सरकारको नेतृत्व गरेको छ पार्टीले ।
भनाईमा प्रतिपक्षी दल जति सशक्त हुन्छ, लोकतन्त्र पनि सोहीअनुसार बलियो र प्रभावकारी हुने ज्ञान बाँड्छ काँग्रेस । तर, जब ऊ प्रतिपक्षमा बस्नुपर्ने हुन्छ, धैर्य र संयम गुमाउँछ । विगतको लामो अभ्यासमा काँग्रेस पार्टीले यस्तै खेलमा लागिरहने गरेको नजिर छ ।
काँग्रेस पार्टीको छटपटी अहिले पनि मापन गर्न सकिन्छ व्यवहारतः । काँग्रेसको त्यो व्यवहार जरैदेखि बुझेका ब्यक्ति हुन् ओली । सरकारमा नहुँदा काँग्रेस सबै नियन्त्रण गुमाएको महसुस गर्दा हुन् भन्ने भाष्य निर्माण गरेर ढोक्साको कथा हाल्न पुगेका ओलीले योजनाबद्ध चाल चले । ओलीले आत्मविश्वासपूर्वक भनेको विषयमा दम छ ।
ओलीको कदम कसिलो पिँजडामा कैद गर्ने नियत त हो नै । तर, अलमलको स्थितिमा रहेको काँग्रेस जब प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दियो, ढोक्सा थाप्ने प्रयत्न त्यसलाई मान्ने कि नमान्ने भन्ने वहस होइन आज । वहसको केन्द्र त फेरि राष्ट्रपति र उपराष्ट्रपतिकै निर्वाचन हो । सबैको अन्तिम नजर अब सोही पदहरुमा अडिएको यथार्थ जगजाहेरै छ ।
सरकार निर्माण प्रक्रियामा नेपाली काँग्रेस नदेखिएता पनि विश्वासको मत दिएपछि सरकार पक्षधर मान्ने कि नमान्ने ? कानुनको व्याख्यामा यहाँ केही छिद्र छन् भने पनि आम बुझाइमा त्यसलाई सरकार पक्षधर नै मान्नुपर्ने हुन्छ । यसबारे थप व्याख्या कानुनका विद्यार्थीहरुले गर्लान् । राजनीतिक रुपमा सरकार पक्षधर भएकोले निश्चय पनि भागबण्डाको हकदार हो ।
जहाँसम्म केपी ओलीले स्पष्ट शब्दमा भनिसके कि काँग्रेसलाई हामी भागबण्डा दिदैनौं, कारण लेनदेनको विषयमा पहिला नै भागबण्डाको टुंगो लागिसक्यो । त्यसलाई कार्यान्वयन गर्न कसिलो पिँजडामा पुष्पकमल दाहाललाई थुनिसकियो । र, उहाँलाई पनि पिँजडामा सुरक्षित छु भन्ने मनैदेखि लागेको छ । यो परिवेशमा आफ्नो स्पष्ट धार लिन नसक्नु काँग्रेसको कमजोरी हो ।
अन्त्यमा, प्राप्त उपलब्धिहरुको रक्षा गर्न मात्र काँग्रेस आफ्नो भूमिका ठोस गर्न सके लोकतन्त्रको जग मजबुत भएर जाने देखिन्छ । लोकतन्त्र संस्थागत भयो भने काँग्रेसले चाहेको विषय त समृद्धि हो र लोकतन्त्रको जगमा समृद्धि हुने देखिन्छ ।
अहिलेको सरकार फेरि पनि तदर्थवादमै रुमलिने स्थिति कायम छ । यो सरकारलाई झक्झक्याउने र हल्लाउने काम काँग्रेसले मात्र गर्न सक्छ । जनमतले सो हैसियतमा काँग्रेस रहेको पुष्टि गरिसक्यो भने अब उसको आफ्नो नीतिमा स्पष्टताको खाँचो देखिन्छ र त्यसको लागि वहस गर्न पार्टी नेतृत्व तयार हुनैपर्छ ।
लोकतन्त्रको विकल्प अब सामन्ती शासन हुन सक्दैन, बरु थप लोकतान्त्रीकरण तर्फको यात्रा हुन सक्छ । अझ प्रतिस्पर्धात्मक युगमा सामाजिक न्याय वहसको केन्द्रमा हुनेछ । लोकतान्त्रिक प्रतिस्पर्धा जति बलियो र निष्पक्ष भएर आउँछ, सामाजिक न्यायको सम्भावना उतिकै बढेर आउँछ ।
भागबण्डाले बिगारेको थितिलाई लोकतान्त्रिक स्वस्थ प्रतिस्पर्धा बमोजिम अभ्यास गरे न ढोक्सा थाप्नुपर्ने आवश्यकता देखिन्छ, न त पिँजडामै कैद हुनुपर्ने स्थिति बन्छ । फेरि यी विषय नबुझेको भए त नजरअन्दाज गर्न सकिन्थ्यो तर जानेर पनि बुझ पचाउँदा दुःख लाग्छ । यस्तै दुःखेको मन कहिलेकाहीँ प्रतिक्रिया देखाउन पुग्छ र एथनिक विदविडिङ्ग मोडेल राजनीतिमा देखा पर्छ । अहिले नेपालको राजनीतिमा यही नियति भोग्नु परेको छ । यसले थप गरिबी, अपमान तथा विभेदलाई बढावा दिएको देखिन्छ ।
घटनाक्रमलाई हेर्दा अब खस आर्य पनि यो देशमा सुरक्षितसाथ बस्न सक्ने स्थिति नहोला कि भन्ने आशंका लागेरै ब्रेनड्रेन हुँदैछन् वर्षेनी हजारौं शिक्षित युवाहरु । सुन्दर र शान्त देश नेपाल यसपछि किम्बदन्ती हुन गयो भने ढोक्साको कथा पनि हराएर जाने हुन सक्छ । र, पिँजडा पनि कृत्रिम तथा काम नलाग्ने भइदिन्छ । बुद्धिमानी त अलमलको स्थितिबाट काँग्रेस आफूलाई पार लगाउनु नै ठहर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पिक कमिटीको विवाद उत्कर्षमा : गृहलाई खेलकुद मन्त्रालयले पठाएको पत्रमा के छ ?
-
जुलाई–सेप्टेम्बरबिच बढेन बेलायतको आर्थिक वृद्धिदर
-
मुग्लिङ–नौबिसे सडकखण्ड आंशिक बन्द गरेर धमाधम काम, तस्बिरहरु
-
सामाजिक सञ्जाल प्रयोगमा कठोर बन्दै दलहरू
-
ओलम्पिक कमिटीको कार्यालयमा प्रहरी परिचालन
-
सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा, यस्तो छ कारण