भारतमा नेपाली चेलीको हत्या भएको प्रहरीको निष्कर्ष, २ लाख नदिँदा हत्या गरेर परिवारै फरार

रौतहट । रौतहटको कटहरिया नगरपालिका माइती भएकी २३ वर्षीय रिंकु सोनीको हत्या भएको भारतीय प्रहरीले निष्कर्ष निकालेको छ । भारतीय प्रहरीले श्रीमानले रिंकुको हत्यगरी सपरिवार फरार भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।
रिंकुको तीन वर्षअघि बिहार पतांही थानाक्षेत्र अन्तर्गत पदुमकेर गाउँ घरभएका प्रदीप साहसँग बिहे भएको थियो । पतांही थानाका प्रभारी सई अनुज कुमारले रिंकुको हत्या भएको निष्कर्ष निकालिएको बताए । साहले आफ्नो घरभित्रै रिंकुको हत्या गरेर गाउँ नजिकै शव जलाएर रातारात सपरिवार घर छोडेर खुलेको अनुज कुमारले बताएका छन्। रिंकुकी आमा सोमारी देवीले मंगलबार दिएको जाहेरीका आधारमा प्रदीप साह लगायतविरुद्ध एफआईआर अर्थात हत्यासम्बन्धी मुद्दा दर्ता भएको छ । लगत्तै अभियुक्तहरुको खोजतलास भैरहेको प्रभारी अनुज कुमारले रातोपाटीलाई बताए ।
‘अभियुक्तलाई पक्राउ गर्न सबै युनिटहरुमा सर्कुलर गरिसकेका छौं’, उनले भने । पक्राउ पछिमात्र हत्याको कारण खुल्ने उनको भनाइ छ । ढाकाक्षेत्रका जिल्ला पार्षद् दिलिप सरार्फले प्रदीप साह पहिलेदेखिनै अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताए ।
यस्तो क्रियाकलापले भारत र नेपाल बीचको रोटिबेटीको सम्बन्ध बिगार्ने चिन्ता गर्दै उनले बिहेबारी गर्नुअघिनै केटा तथा उसको परिवारबारे केटीपक्षले पूरा जानकारी लिनुपर्ने सुझाव दिए । सदियौँदेखिको हाम्रो सम्बन्धमा कुनै पक्षले पनि हत्याजस्तो जघन्य अपराध गर्छ भने प्रदीपजस्ता अपराधीलाई कार्वारबाहीको दायरामा ल्याउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।
ज्वाइँ प्रदीप साहले छोरीमार्फत आफूसँग मागेको २ लाख रुपैया दिन नसकेको कारण हत्या भएको रिंकुकी आमा सोमारी देवीले बताएकी छिन।
गत आइतबार साँझ ज्वाइँ प्रदीप साहले फोन गरेर रिंकु सोनीले घरमै पासो लगाएर आत्महत्या गरेको बताएका थिए भने लगत्तै अन्तिम संस्कारसमेत गरिसकेको भनेर फोन गरेका थिए ।
माइती पक्ष ज्वाइँको घरमा पुग्दा परिवारै फेला परेका थिएनन् । हिन्दु परम्परा अनुसार रिंकु सोनीको बिहे भएको थियो । उनको गत वर्ष पहिलो सन्तानको रूपमा अस्पतालमा छोरीको जन्म भएलगत्तै मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो