जापानमा मालवाहक पानीजहाज दुर्घटनामा

टोकियो । जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन् ।
नागासाकीस्थित चिनियाँ महावाणिज्य दूतावासले बुधबार दिएको जानकारीअनुसार हङकङमा दर्ता भएको कार्गो जहाजमा १४ चिनियाँसहित र म्यानमारका आठ चालक दलका सदस्य थिए ।
छ हजार हजार छसय ५१ टन क्षमताको जहाजमा २२ जना सवार थिए । जापानको तटरक्षक बलले डान्जो टापुबाट करिब ११० किलोमिटर पश्चिममा मङ्गलबार राति ११ः१५ बजे आपत्कालीन फोन आएको जनाएको छ ।
गस्ती डुङ्गा र विमानहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् र उनीहरू लाईफबोटमा तैरिरहेको हुनसक्ने आशा गरिएको छ । सामुद्रिक गार्डले भने डुबेको मालवाहक जहाजको आसपासमा शक्तिशाली हावाहुरीका कारण खोजी तथा उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ ।
चार जना चिनियाँ र एक जना म्यान्मारका गरी चालक दलका पाँच जना सदस्यलाई सकुशल उद्धार गरिएको महावाणिज्य दूतावासले जनाएको छ । म्यान्मारका चालक दलका एक सदस्यको मृत्यु भएको पुष्टि भएको छ भने अन्य सात जना बेहोस रहेका र उनीहरूको उपचार भइरहेको बताइएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध