श्रीलंकामा केही हप्ता विद्युत् कटौती नहुने

कोलम्बो । श्रीलंकाको मानव अधिकार आयोगले विश्वविद्यालयको प्रवेश परीक्षा समाप्त नहुञ्जेलसम्म केही हप्ता विद्युत् कटौती नगर्ने निर्णय गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै आगामी फेब्रअरी १७ सम्म निर्वाध रूपमा विद्युत आपूर्ति हुने जनाएको छ ।
श्रीलङ्कामा सन् २०२२ को सुरुदेखि नै विदेशी मुद्राको सञ्चितिको अभावका कारण भएको इन्धन आयातमा भएको कटौतीका कारण विद्युत् उत्पादनमा देखिएको उच्च मागले गर्दा दैनिक विद्युत् कटौती हुँदै आएको छ ।
मुलुकको करिब ४५ प्रतिशत विद्युत् थर्मल पावरबाट उत्पादन हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
देशको विद्युत उत्पादक सिलोन इलेक्ट्रिसिटी बोर्ड (सीईबी) ले यसअघि घोषणा गरे अनुसार उनीहरूले जीवाश्म इन्धन किन्न नसक्ने भएकोले विश्वविद्यालय प्रवेश परीक्षाको समयमा निर्बाध बिजुली प्रदान गर्न सक्षम हुनेछैनन् ।
तर, बुधबार मानव अधिकार आयोगमा भएको बैठकमा देशको मुख्य इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसनले सीईबीलाई इन्धन उपलब्ध गराउन सहमति जनाएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु