ठोकर्पा पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति
सिन्धुपाल्चोक । जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ । फार्ममा एक सय २० बाख्रा रहेका थिए ।
बुधबार बिहान आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोसी–२ का वडाध्यक्ष पूर्णबहादुर महतले जानकारी दिए । करेन्ट सर्ट भएर आगलागी भएको हुनसक्ने वडाध्यक्ष महतले बताए । आगलागीबाट फार्मको सम्पूर्ण भौतिक संरचनासमेत जलेर नष्ट भएको छ । बाख्राका लागि आवश्यक दानलगायत अन्य सामग्रीसमेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिए ।
स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय जालबहादुर केसीले रु दुई करोड बढी लगानीमा कृषि तथा पशु फार्र्म सञ्चालनको सुरुआत गरेका थिए । विदेशबाट फर्किएका एक जना आफन्तसहित मिलेर सञ्चालन गरेको फार्मबाट केही समयपछि नै उत्पादन सुरुआतको चरणमा भए पनि आगालागीबाट सबै क्षति भएको केसीले बताए ।
गाउँपालिकाले सहयोग गर्ने स्थानीय युवाको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उद्देश्यले करोडौँको लगानीमा सञ्चालन भएको कृषि फार्ममा आगलागी भएपछि युवाको उत्साहलाई कायम नै राख्नका लागि सुनकोसी गाउँपालिकाले सहयोग गर्ने भएको छ । आगलागीको स्थलगत निरीक्षणमा पुगेका गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तत्कालको लागि गाउँपालिकाले रु पाँच लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरे ।
त्यस्तै आगालागीबाट जलेको घर निर्माणका लागि विपद् प्राधिकरणमार्फत सहजीकरण गरेर गाउँपालिकाको समेत सहयोगमा घर निर्माण गरिदिने प्रतिबद्धता पनि अध्यक्ष तिमल्सिनाले गरे । वडाध्यक्ष पूर्णबहादुर महतले पनि वडा, गाउँपालिकालगायत अन्य सरकारी, गैरसरकारी संघ संस्थासँग समन्वय गरेर कृषि फार्मलाई पुरानै अवस्थामा सञ्चालनका लागि आफूले पहल गर्ने प्रतिबद्धता गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम