भारतका प्रख्यात राम कथा वाचक मुरारी लुम्बिनीमा

बुटवल । लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मुरारी बापुबाट ‘श्री राम कथा प्रवचन’ हुने भएको छ । यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचनको हुनेछ ।
९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । आध्यात्मिक गुरु मुरारीको लुम्बिनीमा ९१२ औँ राम कथा आयोजना हुन लागेको हो ।
‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै अग्रवालले आज लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा बताए । अभियान अन्तरगत भारतको बोध गया, सारनाथ तथा कुश नगरमा राम कथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसै गरी काठमाडौँ र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा वाचन भइसकेको छ ।
लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा बिरुवा लगाउने कार्यक्रम रहेको छ ।
गुरु मुरारी बापु यही माघ २० गते भारतबाट चार्टर्ड विमानमार्फत सिधै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको कथा आयोजक कृष्णकुमार जालानले जानकारी दिए । यस अघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रचारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केरियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार