उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल र फुटबल हुने
काठमाडौं । नेशनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधवार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म गर्ने निर्णय गरेको हो ।
प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्यासंस्कार इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, वृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुलगरी १२ टोलीको सहभागिता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
बास्केबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेलियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी