राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनबाट दुई जनाको उम्मेदवारी
रुपन्देही । लुम्बिनीमा राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले मनोनयन दर्ता गरेका हुन् ।
नागरिक उन्मुक्ति सत्ता गठबन्धनमै भएपनि धेरै मन्त्रालय हात पार्न बार्गेनिङ गरिरहेको छ । त्यसैको फलस्वरुप सत्तारुढ दललाई दबाब दिन उसले उम्मेदवारी दिएको बताइएको छ ।
एमालेका दशौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् । आचार्यको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छन् ।
रायको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेकी थिइन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख
-
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय
-
लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन