नेपाल टी–२० लिगसम्बन्धी सम्झौता तत्काल खारेज गर्न छानबिन समितिको सुझाव

काठमाडौँ । नेपाल टी–२० लिगमा भएको अनियमितता छानबिन गर्न गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्लाई बुझाएको छ । कार्यदलले परिषद् अध्यक्ष टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो ।
कार्यदलले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्याई गरिएको नेपाल टी–२० लिगसम्बन्धी सम्झौता तत्काल खारेज गर्न वाञ्छनीय भएको ठहर गरेको छ । नेपाल क्रिकेट संघका सरोकार पक्षहरूबाट नेपाल टी–२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी, नेपाल टी–२० लिग प्रतियोगितामा शङ्कास्पद एवं अस्वाभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा दोषी माथि प्रचलित कानुन एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारबाहीमा आवश्यक सहयोग पुर्याउने पनि बताइएको छ । कार्यदलको प्रतिवेदन माथि सरोकारवाला निकाय एवं अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग आवश्यक छलफल र समन्वय गर्न सकिने कार्यदलले सुझाव दिएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ